बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए « Khabarhub

बागमती प्रदेश उपसभापति महर्जनसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा उभिए


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश कार्यसमितिका उपसभापतिसहितका नेताहरू नेपाली कांग्रेसको विधान महाधिवेशनको पक्षमा उभिएका छन् ।

बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन, मोहनबहादुर बस्नेत, कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारी, सह–महामन्त्री ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठले संयुक्त वक्तव्य निकालेर विशेष महाधिवेशनको पक्षमा आफूलाई उभ्याएका छन् । बागमतीका सभापति इन्द्र बानियाँ भने संस्थापन पक्षमै छन् ।

उनीहरूले लामो समयदेखि देखिएको असहज अवस्था अन्त्य गर्दै विधि र पद्धतिअनुसार अघि बढ्न सहयोग पुर्‍याएको भन्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत केन्द्रीय नेतृत्वप्रति आभार व्यक्त गरेका छन् ।

पार्टी विधानको धारा १७(२) बमोजिम कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा गर्न लागेको भन्दै उनीहरूले सहभागितका लागि अपील गरेका छन्।

उक्त महाधिवेशनमा बागमती प्रदेशभित्रका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई सक्रिय उपस्थिति र सहभागिताका लागि उनीहरूले अपील गरेका छन् ।

पुस २७ गते दिउँसो १२ बजे भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनको औपचारिक उद्घाटन सत्रमा पार्टीका अग्रज, नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उपस्थित हुन आग्रह पनि गरिएको छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ६ : ०९ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल