कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छः नेता निधि « Khabarhub

कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्छः नेता निधि


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

धनुषा – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र समावेशी राजनीतिका लागि निरन्तर सङ्घर्षरत पार्टीका रूपमा कांग्रेस रहेको बताएका छन् । कांग्रेस धनुषा क्षेत्र नम्बर ३ को क्षेत्रीय बैठकलाई आज सम्बोधन गर्दै उनले पार्टी सङ्गठनलाई सुदृढ बनाउन र जनताको विश्वास जित्न कार्यकर्ताहरूले इमान्दारिता र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

नेता निधिले कांग्रेसलाई जनमुखी र जिम्मेवार शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । उनले वर्तमान समयमा मुलुक कठिन अवस्थामा रहेको बताउँदै लोकतन्त्र र संविधानको रक्षाका लागि आपसी सहकार्य र समन्वय आवश्यक पर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य रामसरोज यादवले पार्टीलाई जरा तहदेखि बलियो बनाउन सबै नेता(कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए । कार्यकर्ता जनताका समस्या समाधानमा सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिँदै उनले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा तथा पार्टी एकतालाई बलियो बनाउनेतर्फ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

बैठकमा पार्टीका नेता, कार्यकर्ता तथा गृह सदस्यहरूको उपस्थिति थियो । बैठकमा सङ्गठन विस्तार, पार्टीको वर्तमान अवस्था, आगामी कार्यक्रम तथा स्थानीय तहमा कांग्रेसको भूमिकाबारे विस्तृत छलफल भएको थियो । क्षेत्रीय सभापति धीरेन्द्रकुमार निधिले पार्टीको नीति, सिद्धान्त र अनुशासनलाई आत्मसात गर्दै सङ्गठनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ८ : ४२ बजे

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको

जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पुर्पक्षका लागि थुनामा

एजेन्सी- अमेरिकाको इडाहो राज्यमा १८ महिनाका जुम्ल्याहा शिशुको हत्या गरेको आरोपमा

सुदूरपश्चिममा एमालेका सबै मन्त्री मुख्यमन्त्री शाहद्वारा बर्खास्त

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको राजनीतिक तनाव थप चुलिँदा मुख्यमन्त्री

संसद्‍मा विपक्षीको विरोध कायमै

काठमाडौं– प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले विरोध कायमै राखेका छन्

प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल