पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा « Khabarhub

पौवादुङमाका ४७५ आँखा रोगीले गाउँघरमै पाए सेवा


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा सञ्चालन गरिएको आँखा शिविरबाट ४७५ जनाले गाउँघरमै सेवा पाएका छन् ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका आँखा रोगीको पहिचान गर्दै सहज र पहुँचयोग्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले सबै वडामा शिविर सञ्चालन गरेको हो ।

आँखा जाँच तथा उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमार्फत आँखाको प्रारम्भिक परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो । आफ्नै गाउँमा आँखा सेवा लिन पाउँदा खुसी लागेको स्थानीयवासी जीतबहादुर भुजेलले बताए ।

‘आँखा जाँच गरा’ उनले भने, ‘यहाँ नै शिविरमा सेवा पाउँदा निकै सहज भएको छ । हामी जस्तै धेरै नागरिक लाभान्वित भएका छौँ ।’

नवदृष्टि आँखा अस्पताल प्रालि खाँदबारी–१, तुम्लिङटार तथा सगुन आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

दक्ष स्वास्थ्यकर्मीमार्फत स्थानीय बासिन्दालाई घरनजिकै गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गरिएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष किरण राईले गाउँघरमा रहेका आँखा रोगीको पहिचान गरी समयमै उपचार सुनिश्चित गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए ।

‘गाउँस्तरसम्म सहज रूपमा आँखा स्वास्थ्य सेवा विस्तार गर्दै रोगीको पहिचान र उपचार गर्न शिविरमार्फत सेवा प्रवाह गरेका हौँ,’ उनले भने, ‘सबै वडामा शिविर सञ्चालन गरी नागरिकलाई घरनजिकै सेवा प्रदान गरिएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : ४४ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ