प्रचण्डले रास्वपालाई भने : साम्राज्यवादले लगानी गरेका पपुलिस्टहरू सामाजिक सञ्जालमा स्टन्ट गर्दैछन् « Khabarhub

प्रचण्डले रास्वपालाई भने : साम्राज्यवादले लगानी गरेका पपुलिस्टहरू सामाजिक सञ्जालमा स्टन्ट गर्दैछन्


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा भूराजनीतिक चहलखेल र हस्तक्षेप प्रयास भइरहेको बताएका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ मा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा उनले साम्राज्यवादीहरूले विभिन्न देशमा लोकतन्त्र र समाजवादविरूद्ध प्रहार गराउन पपुलिस्टहरूमाथि लगानी गर्ने गरेको बताए ।

प्रचण्डले रवि लामिछाने र बालेन्‍द्र साहलाई लक्षित गर्दै देशलाई कुनै योगदान नगरेकाहरू सामाजिक सञ्जालमा स्टन्ट गरेर राजनीति जित्न अघि बढेको पनि उल्लेख गरेका छन् ।

‘अहिले नेपालमा लोकप्रियतावाद हावी हुन खोजेको छ । सामाजिक सञ्जालमा स्टन्ट गरेका भरमा उनीहरू राजनीतिमा स्थापित हुन खोज्दै छन्’, उनले भने, ‘विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिज्मलाई समाजवाद र लोकतन्त्रविरुद्ध प्रहार गराउन लगानी गर्छ । नेपालमा पनि भूराजनीतिक चलखेलबाट हस्तक्षेप कोसिस भइरहेको छ ।’

दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीतिर संकेत गर्दै पपुलिस्टहरू लोकतन्त्रविरुद्ध विदेशीले प्रयोग गर्ने पात्र भएको कडा टिप्प्णी गरे । उनले २६ वटा घटक मिलेर बनेको नेकपा आगामी चुनावपछि देशकै ठूलो पार्टी बन्ने जिकिर गरे ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १२ : ४२ बजे

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन

बालेनले भत्काउनुपर्ने सिंहदरबारका ‘स्पीड ब्रेकर’

एकदिन राजा सुरेन्द्रविक्रम शाहले हेपाहा शैलीमा प्रधानमन्त्री जङ्गबहादुरलाई भने– ‘ए

भण्डारीको प्रश्न- ‘पाका नेतालाई ‘गतिछाडा’ भन्ने शब्द ब्युँताउन मिल्छ र ?”

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र बढ्दै गएको

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान