४ वर्षमा पनि बनेन सूर्यविनायक-धुलिखेल सडक (तस्बिरहरू) « Khabarhub

४ वर्षमा पनि बनेन सूर्यविनायक-धुलिखेल सडक (तस्बिरहरू)


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक निर्माण सुरु भएको ४ वर्ष भइसक्दा पनि निर्माण कार्य अहिले पनि जारी छ । 

हालसम्म यस सडक खण्डको करिब ४५ प्रतिशत मात्रै काम सकिएको छ । बाटो विस्तारका लागि ठाउँ ठाउँमा खनिएका कारण सडक धुलामे हुने गरेको छ, जसका कारण सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ ।

यो सडक खण्डको निर्माण कार्य २०७९ देखि सुरु भएको भए पनि समयमै नसकिँदा ठेक्का तोड्दा काम अझ सुस्त भएको छ । 

दैनिक रूपमा हजारौँ मानिस ओहोरदोहोर गर्ने र काठमाडौँ प्रवेश गर्ने एक प्रमुख नाकाको रूपमा रहेको यो सडक खण्ड वरिपरि बसोबास गर्ने मानिसहरू अझै प्रभावित छन् ।

 करिब १६ किलोमिटर लम्बाई रहेको सूर्यविनायक–धुलिखेल सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति गर्न सुरु गरिएको हो ।

साँगा–धुलिखेल (८.३ किमी) र सूर्यविनायक–साँगा (७.५ किमी) सडकखण्डलाई छुट्टाछुट्टै ठेक्कामा विस्तार गर्न सुरु गरिएको भए पनि काम समयमै पुरा नहुँदा थप समस्या बढ्ने पिर छ ।

सूर्यविनायक–धुलिखेल सडक आयोजनाको ठेक्का सम्झौता २०७९ पुस २४ गते भएको थियो । 

सडक विस्तारका लागि ७.५ किलोमिटर लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा र ८.४ किलोमिटर लामो साँगा–धुलिखेल सडकखण्ड ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । 

सडक निर्माणको काम सुरु भएदेखि देशमा विभिन्न पार्टीका नेतृत्वमा सरकार बनेर ढले पनि यो सडक खण्डको अवस्थामा परिवर्तन आउन सकेको छैन ।

यस आयोजनाको प्रारम्भिक सम्झौता अवधि २०८० पुस २३ गतेसम्म रहेको भए पनि निर्माण अवधि थप गरी २०८३ फागुन मसान्त सम्म पुर्‍याइएको छ ।

तस्बिर : बिजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १२ : ५४ बजे

मनिष खनाल : नवलपरासी-२ का २६ वर्षीय जेन-जी युवा अब ‘माननीय’

काठमाडौं- मनिष खनाल, २६ वर्षीय जेन-जी युवा । अब माननीय

सर्लाही-२ मा रास्वपाका महतो विजयी

बरहथवा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय

पर्सा-३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

वीरगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय

सुनसरी–१ मा ४ हजार मतले अघि बढे माटोका हर्कराज साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी