ठमेलमा गन्तव्य बनेको ‘एलओडी क्लब’ सातौँ वर्षमा « Khabarhub

ठमेलमा गन्तव्य बनेको ‘एलओडी क्लब’ सातौँ वर्षमा


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठमेलस्थित ‘एलओडी क्लब’ले सातौँ वर्षमा प्रवेश गरेको छ। क्लबले सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।

एलओडी सञ्चालनमा आएको सात वर्ष पुगेको अवसरमा मंगलबार क्लबले विभिन्न कार्यक्रम गरेर मनाउने तयारी गरिरहेको एलओडी क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए ।

वार्षिकोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने उनले जानकारी दिए। क्लब स्थापना भएदेखि कलाकारहरूले प्रस्तुति दिइसकेका छन्।

‘हामीले क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएका छौं,’ उनले भने, ‘यो स्थान कलाकारहरूका लागि केही गर्छु भन्नेलाई प्लेटफर्म बनेको छ । यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन् ।’

एलओडी क्लब नाइटक्लब मात्रै नभएर नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक बनेको उनको भनाइ छ । कुँवरले भने, ‘नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रममार्फत् क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ। जसले राष्ट्रिय एकता भावनालाई अझ बलियो बनाएको छ।’

रातको समयमा ठमेल घुम्न आउनेका लागि एलओडी गन्तव्य बनेको उनको दाबी छ । ठमेल आउने हरकोही एकपटक एलओडी जाने गरेको उनले बताए ।

क्लब स्थापना गरेर नेपाली सांगीतिक क्षेत्रका कलाकर्मीलाई स्थान दिएको उनले बताए । उनले भने, ‘यो स्थान कलाकारहरूका लागि सुन्दर प्लेटफर्म बनेको छ । यहाँ धेरै सांगीतिक समूहले अवसर पाएका छन् ।’

रात्रीकालीन व्यवसायमा अवसर र चुनौती दुवै रहेको कुँवर बताए । कतिपय अवस्थामा राम्रो भए पनि गर्दागर्दै कोहीबेला प्राविधिक कठिनाइले केही समस्या व्यहोर्नु परेको उनले स्मरण गराए ।

उनका अनुसार क्लबले इन्टिरियर बदलिरहेको छ । क्लबभित्रका पाहुनालाई बस्ने ठाउँ र लाइट सिस्टम परिवर्तन गरिएका छन् । क्लबले धेरै स्वरुप परिवर्तन गरिसकेको छ ।

हाल एलओडी क्लबमा १ सय ५० भन्दा बढी कर्मचारी छन् । ६०० जनाका लागि सिटिङ र २ हजारको स्टयाण्डिङको क्षमता छ ।

क्लबले ग्राहकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको उनले उल्लेख गरे । शुक्रबार र शनिबार मनोरञ्जनका लागि बढी मानिसको जमघट बढ्ने उनको भनाइ छ ।

एलओडी क्लब सन् २०२२ मा ५२,२०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ।

क्लबमा पूर्व राजा ज्ञानेन्द्र शाह, भारतीय कांग्रेस आइका पूर्वअध्यक्ष राहुल गान्धी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । एलओडीलाई एलिट ग्राहक जम्मा हुने क्लबका रूपमा लिने गरिन्छ ।

एलओडीमा भारतीय, टर्की, जर्मनी र इटालीका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कर, लक्की अली, अर्मन मल्लिक र इन्डियन आइडल पवनदीप लगायतका गायकहरूले शो गरिसकेका छन् । त्यसैगरी, टीम्मी ट्रमपेट, स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका कलाकारले समेत प्रस्तुति दिइसकेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १२ : ५७ बजे

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ

झापा ५ मा ‘गुइँठा’को राजनीति !

झापा- झापा क्षेत्र नम्बर ५ मा अहिले नेकपा एमालेका अध्यक्ष

जलाइएको सिंहदरबार अगाडि भारतले दिएका गाडी (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

उदयपुरमा फागुन १ देखि सुरु हुने एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी फागुन १