चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम « Khabarhub

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला मतदाताको सङ्ख्या आधाभन्दा बढी छ । यहाँ उम्मेदवार हुने महिलाको सङ्ख्या भने निकै कम रहेको छ ।

पूर्बी चितवनको रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको यस क्षेत्रमा एक लाख ४९ हजार ६२१ मतदाता रहेका छन् । तीमध्ये ५० दशमलव ७० प्रतिशत अर्थात् ७५ हजार ८६० महिला मतदाता रहेका छन् । पुरुषको सङ्ख्या ७३ हजार ७६१ रहेको छ । यो ४९ दशमलव ३० प्रतिशत हो। 

महिला मतदाताको सङ्ख्या बढी भए पनि १८ जना प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार भए पनि दुई जना मात्र महिला रहेका छन् । ती साना दलका हुन् ।

राष्ट्रिय जनमोर्चाले सीतादेवी क्षेत्री र नेश्नलरिपब्लिक नेपालले ईश्वरी गुरुङलाई उम्मेदवार बनाएको छ । यसअघि निर्वाचन जितेका ठूला दलले महिला उम्मेदवार दिन सकेका छैनन् । 

यस क्षेत्रबाट १५ राजनीतिक दलका उम्मेदवार छन् भने स्वतन्त्र तीन जना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रका मतदातामध्ये ५० प्रतिशत खश आर्य रहेका छन् । 

३३ दशमलव ३३ प्रतिशत आदिवासी जनजाति छन् भने निर्वाचन आयोगको तथ्यांकअनुसार थारु, दलित र मधेशी ५ दशमलव ५६ प्रतिशतका दरले रहेका छन् ।

यस क्षेत्रमा ५६ वटा मतदानस्थलमा १६८ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रको राप्ती नगरपालिकाको केही भूभाग पहाडी क्षेत्रमा पर्दछ भने बाँकी समथर क्षेत्र पर्दछ ।
 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १ : ३१ बजे

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा