क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीमाथि कारबाही गर्न यातायात व्यवसायी महासंघको माग « Khabarhub

क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीमाथि कारबाही गर्न यातायात व्यवसायी महासंघको माग


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढी ढुवानी सञ्चालन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।  

सोमबार यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाउँदै महासंघले केही ढुवानी सञ्चालन गर्ने सवारीसाधनले भारवहन क्षमता अत्यधिक कायम गरी सञ्चालन गर्दै आएको भन्दै कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

मालबहाक सवारी साधन सिनो कम्पनीको ट्रकलाई भारवहन नियमन सम्बन्धी निर्देशिका विपरीत बढी क्षमता कायम गर्ने काम सरकारी निकायबाटै भएकाले गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । 

राज्यको निर्देशिका बमोजिम सञ्चालन भइरहेका सवारी साधनलाई विस्थापित हुने गरी सिनो कम्पनीको ट्रकलाई कायम गरिएको बढी भारवहन क्षमताको स्वीकृति तत्काल खारेज गर्न माग गर्दै विभागमा ध्यानाकर्षण गराइएको महासंघका सदस्य गोकर्ण पराजुलीले जानकारी दिए । 

उनले सबै प्रकारका मालबहाक सवारी साधनको भारवहन क्षमतामा एकरुपता कायम गर्नुपर्ने बताए ।

त्यस्तै महासंघले देशभर तौलपुललाई डिजिटल बनाउनुपर्ने र क्षमताभन्दा बढी भारवहन गर्ने सवारीसाधनलाई कारबाही गर्नुपर्ने माग गरेको उल्लेख गरेको छ  । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १ : ३८ बजे

मनिष खनाल : नवलपरासी-२ का २६ वर्षीय जेन-जी युवा अब ‘माननीय’

काठमाडौं- मनिष खनाल, २६ वर्षीय जेन-जी युवा । अब माननीय

सर्लाही-२ मा रास्वपाका महतो विजयी

बरहथवा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय

पर्सा-३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

वीरगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय

सुनसरी–१ मा ४ हजार मतले अघि बढे माटोका हर्कराज साम्पाङ

सुनसरी– सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टी

जुम्लामा जितेर ज्ञानेन्द्रले जोगाए राप्रपाको संसदीय अस्तित्व, लज्जास्पद हारसँगै रास्वपाकी विनिताको जमानत जफत

जुम्ला- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्रै क्षेत्र रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी