डुटेर्टेविरुद्ध तेस्रो महाभियोग दर्ता « Khabarhub

डुटेर्टेविरुद्ध तेस्रो महाभियोग दर्ता


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिलिपिन्सका क्याथोलिक पादरीवर्गका सदस्यहरूले सोमबार उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध महाभियोग उजुरी दर्ता गरेका छन् । यो एक हप्ताभन्दा केही बढी अवधिमा दर्ता भएको तेस्रो मुद्दा हो । उजुरीकर्ताहरूले यस कदमलाई राजनीतिक नभई नैतिक चिन्तासँग जोडिएको बताएका छन् ।

पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेविरुद्ध गत वर्ष प्रतिनिधिसभाले पनि महाभियोग प्रक्रिया अघि बढाएको थियो तर प्रक्रियागत त्रुटिका कारण सर्वोच्च अदालतले उक्त मुद्दा खारेज गरेको थियो । 

फिलिपिन्सको संविधानअनुसार महाभियोग प्रक्रिया अघि बढेमा अन्ततः सिनेटमा मुद्दा चलाइन्छ र दोषी ठहर भएमा उपराष्ट्रपतिलाई पदबाट हटाइनुका साथै राजनीतिमा प्रतिबन्ध लाग्नेछ, जसले सन् २०२८ को सम्भावित राष्ट्रपति उम्मेदवारीसमेत असम्भव बनाउनेछ ।

सोमबार दर्ता गरिएको पछिल्लो उजुरीमा डुटेर्टेले उपराष्ट्रपति र शिक्षामन्त्रीका रूपमा सेवा गर्दा करदाताबाट कम्तीमा एक करोड अमेरिकी डलर अनुचित रूपमा बिलिङ गरेको आरोप लगाइएको छ । 

उजुरीकर्तामध्ये एक क्याथोलिक धर्मगुरु रेभेरेन्ड जोसेलिटो साराबियाले संसद् परिसर बाहिर पत्रकारहरूसँग कुरा गर्दै आफूहरू राजनीतिज्ञ नभएको र मुद्दा पूर्ण रूपमा नैतिक सरोकारसँग सम्बन्धित रहेको बताए। उनले डुटेर्टेले आफूमाथि लगाइएका सबै आरोपको जवाफ दिने समय आएको पनि उल्लेख गरे।

उजुरीमा राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध रातिको पत्रकार सम्मेलनमा दिएको कथित मृत्यु धम्कीको प्रसङ्गसमेत समेटिएको छ, यद्यपि डुटेर्टेले उक्त अभिव्यक्तिलाई गलत रूपमा व्याख्या गरिएको दाबी गर्दै आएका छन् ।

उजुरीलाई समर्थन गर्ने प्रतिनिधि लैला डे लिमाले यसलाई पहिल्यै पेश गरिएका महाभियोगका लेखहरूको ‘सुधारिएको संस्करण’ भएको बताउँदै सदनमा मतदानका लागि अघि बढ्ने विश्वास व्यक्त गरे ।

डे लिमा स्वयं लागुऔषधसम्बन्धी आरोपमा छ वर्षभन्दा बढी जेलमा बसेका थिए, जसलाई मानवअधिकार समूहहरूले डुटेर्टेका पिता रोड्रिगो डुटेर्टेको कार्यकालमा राजनीतिक रूपमा बनाइएको मुद्दा भनेका छन् । गत हप्ता पनि फिलिपिन्सका नागरिक समाजका नेता र वामपन्थी गठबन्धनका सदस्यहरूले डुटेर्टेविरुद्ध छुट्टै महाभियोग उजुरी दर्ता गरेका थिए ।

यसअघि सदनको न्याय समितिले राष्ट्रपति मार्कोसविरुद्ध दर्ता गरिएका दुई महाभियोग उजुरी आवश्यक आधार नपुगेको भन्दै खारेज गरेको थियो । विश्लेषकहरूका अनुसार राष्ट्रपति मार्कोसलाई सदनका बहुसङ्ख्यक सांसदहरूको समर्थन भएकाले उनीविरुद्धको महाभियोग सफल हुने सम्भावना न्यून रहेको छ ।

मार्कोस र डुटेर्टे सन् २०२२ को राष्ट्रपति चुनावमा सँगै ठूलो जित हासिल गरे पनि त्यसको केही सातामै उच्चस्तरीय राजनीतिक विवादमा परेकी थिइन् ।

डुटेर्टेका समर्थकहरू भने राष्ट्रपति मार्कोसले पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेलाई पक्राउ गरी नेदरल्यान्ड्सस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा पठाउन सहयोग गरेको विश्वास व्यापक रूपमा व्यक्त गर्दै आएका छन्, जहाँ लागुऔषधविरुद्धको कठोर अभियानका क्रममा भएको हत्यासम्बन्धी आरोपमा मुद्दा चलिरहेको छ ।
 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १ : ४४ बजे

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं– यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान् पशुपतिनाथ