स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती « Khabarhub

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका लागि २०८ रनको लक्ष्य दिएको छ। 

भारतको कोलकतास्थित इडेन गार्डेनमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको  स्कटल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०८ रनको योगफल बनाएको हो ।

स्कटल्यान्डका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५४ बलमा १३ चौका र दुई छक्का प्रहार गर्दै ८४ रन जोडेका हुन् । 
    
त्यसैगरी ब्रेन्डन म्याकमुलेनले अविजित ४१ रन जोडे भने माइकल जोन्सले ३७ रन बनाए । त्यस्तै माइकल लिस्कले २२ रन जोड्दा रिची बेरिङ्टनले १५ रन बनाए । इटाली अहिले जबाफी ब्याटिङमा उत्रेको छ । 

स्कटल्यान्ड र इटाली नेपाल रहेको समूह ‘सी’मा रहेका छन् । नेपालको समूहमा यी टोलीसँगै वेस्टइन्डिज र इङ्ल्यान्ड पनि समावेश छन् । 

विश्कपमा स्कटल्यान्डको यो दोस्रो खेल हो । यसअघि स्कटल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो । त्यस्तै इटालीको भने यो पहिलो खेल हो । समूह ‘सी’अन्तर्गत हिजो भएको खेलमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  २ : ०३ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार