टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित « Khabarhub

टी–२० विश्वकपमा स्कटल्याण्डसँग इटाली ७३ रनको विशाल अन्तरले पराजित


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार सम्पन्न खेलमा स्कटल्याण्डले इटालीलाई ७३ रनको विशाल अन्तरले पराजित गरेको छ । स्कटल्याण्डले दिएको २ सय ८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको इटाली १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ३४ रनमा समेटियो ।

इटालीका लागि बेन मानेन्टीले सर्वाधिक ५२ रन बनाए । ३१ बलको सामना गरेका उनले ५ चौका र एक छक्का प्रहार गरे । त्यसैगरी, ह्यारी मनेन्टीले २५ बलमा ३७ रन जोडे । यस क्रममा उनले १ चौका र तीन छक्का प्रहार गरे ।

जेजे स्मट्सले २२ र एन्टोनी मोस्काले १३ रन जोड्नुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

स्कटल्याण्डका माइकल लिस्कले चार विकेट लिए । त्यस्तै, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन, ब्राड ह्वेल र ब्राड क्युरीले समान एक विकेट लिए ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  २ : २७ बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको