पाकिस्तानमा पोलियो विरोधी अभियान : चार करोड बालबालिकालाई लगाइयो खोप  « Khabarhub

पाकिस्तानमा पोलियो विरोधी अभियान : चार करोड बालबालिकालाई लगाइयो खोप 


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ । अभियान अन्तरगत देशभरका चार करोड ४० लाख भन्दा बढी बालबालिकालाई खोप लगाइएको राष्ट्रिय आपतकालीन अपरेसन सेन्टरले सोमबार जनाएको छ । 

आधिकारिक तथ्यांक अनुसार पूर्वी पञ्जाब प्रान्तमा दुई करोड २९ लाख दक्षिणी सिन्धमा एक करोड पाँच लाख उत्तरपश्चिम खैबर पख्तुनख्वामा ७१ लाख ३० हजार र दक्षिणपश्चिम बलुचिस्तानमा २३ लाख ६० हजार भन्दा बढी बालबालिकाहरूलाई खोप लगाइएको थियो ।

 यसै गरी अन्य क्षेत्रहरूमा सङ्घीय राजधानी इस्लामावादमा चार लाख ५५ हजार भन्दा बढी, उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा करिब दुई लाख ६१ हजार र कश्मीरमा छ लाख ७३ हजार भन्दा बढी बालबालिकाहरूलाई खोप लगाइएको जनाइएको छ । 

स्वास्थ्य अधिकारीहरूले अभियानका सबै सहयोगीहरूलाई उनीहरूको सहयोग र सक्रिय सहभागिताका लागि धन्यवाद दिदै राष्ट्रव्यापी अभियान पोलियो उन्मूलनको प्रमुख कदम  भएको उल्लेख गरेका छन् ।

 पछिल्लो समयमा विश्वका अन्य देशहरूमा पोलियो उन्मूलन भइसकेको भएता पनि पाकिस्तानमा अझै पोलियोको समस्या रहेको उल्लेख गर्दै अधिकारीहरूले दिगो उच्च–गुणस्तरय अभियानहरू र सीमापार समन्वयले यसको उन्मूलन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ४ : ५५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले