धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक « Khabarhub

धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धेरैपछि नेपाली फिल्मको व्यापार पाँच करोड नजिक पुगेको छ ।

माघ १६ बाट प्रदर्शनमा आएको नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले सुरुवाती ९ दिनमा पाँच करोड नजिक व्यापार गरेको हो ।

चन्द्र पन्त निर्देशित यस फिल्मले गत शनिबारसम्म चार करोड ८० लाख ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले साप्ताहिक ब्रिफिङमार्फत् सोमबार जानकारी दिएको हो ।

बोर्डका अनुसार यो फिल्म हेर्नका लागि उक्त अवधिमा एक लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएको छ ।

माघ १६ बाटै अर्को फिल्म ‘द ब्ल्यू लाइट’ प्रदर्शनमा आएको थियो । यो फिल्मको व्यापार भने निकै न्यून छ । गत शनिबारसम्म यो फिल्मले तीन लाख १९ हजार मात्रै व्यापार गरेको छ ।

यो फिल्मका लागि ८३२ वटा मात्रै टिकट बिक्री भएको छ ।

‘आबाट आमा’ १६ फिल्मपछि पाँच करोड ग्रस कलेक्सन नजिक पुगेको हो । कात्तिक २१ गते प्रदर्शनमा आएको फिल्म ‘जारी २’ले ६ करोडमाथि व्यापार गरेको थियो ।

त्यसयता ‘आबाट आमा’सम्म आइपुग्दा १६ फिल्म प्रदर्शनमा आए । धेरै फिल्मले एक करोड पनि ग्रस कलेक्सन गर्न सकेनन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ५ : २४ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)