सिङलिङलाई हराउँदै झापा–११ सेमिफाइनलमा « Khabarhub

सिङलिङलाई हराउँदै झापा–११ सेमिफाइनलमा


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

झापा– आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

आज सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा झापा–११ ले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र बिवेक मगरले गोल गरे । 

सिङलिङका तर्फबाट सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गरे । सिङलिङका सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले बचाउ गरे । यस्तै  दीपेश क्षेत्रीको प्रहार पोष्टबाट बाहिरिएको थियो । 

त्यसअघि खेल अवधिभर झापा–११ ले सिङलिङमाथि निरन्तर दबाब बनाएको थियो । झापा–११ का प्रहार गोलमा परिणत हुन सकेनन् । खेलको २८औँ मिनेटदेखि झापाले आक्रामक खेल प्रस्तुत गर्न थालेको थियो । विदेशी खेलाडी ओलावाले अफिजको शक्तिशाली प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले रोक्दै टोलीलाई सङ्कटबाट जोगाएका थिए ।

सिङलिङले खेलको ५९औँ मिनेटमा कप्तान उत्तम राईमार्फत उत्कृष्ट अवसर सिर्जना गरे पनि झापा–११ का गोलकिपरले त्यसलाई रोक्न सफल भए । खेलको ‘प्लेयर अफ दी म्याच’ झापा–११ का गोलकिपर बिवेक मगर घोषित भए । उनले रु २५ हजार पुरस्कार प्राप्त गरे । 

प्रतियोगिताअन्तर्गत मङ्गलबार दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालिगुँरास एशोसिएसन पोखराबीच हुने छ । झापा गोल्डकपको विजेताले रु १५ लाख तथा उपविजेताले रु सात लाख ५० हजार पुरस्कार पाउनेछन् । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ । साथै विधागततर्फ उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही रु ३५ हजार पुरस्कार प्रदान गरिने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए । 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ६ : २४ बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि