बुढासुब्बा गोल्डकप : लालीगुराँस फुटबल क्लब सेमिफाइनलमा « Khabarhub

बुढासुब्बा गोल्डकप : लालीगुराँस फुटबल क्लब सेमिफाइनलमा


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुनसरी – धरानमा जारी २६औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा लालीगुरास फुटबल क्लब, पोखरा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज धरान रङ्गशालामा सम्पन्न खेलमा लालीगुरास फुटबल क्लबले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलमा अतिरिक्त १५ मिनेट समय थप गरिएको थियो । अतिरिक्त समयमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।

लालीगुरासका राम थापा, टिकराज गुरुङ, सुदीप गुरुङ, अब्दुल युसुफ र आशिष गुरुङले गोल गर्न सफल भए । धरान फुटबल क्लबका विवेक राई, सविन राई, प्रज्ज्वल थापा र नगेन राईले गोल गरे भने दोर्जे तामाङको प्रहार लालीगुरासका गोलरक्षक कुम्भ देउवाले रोके ।

आजको खेलमा लालीगुरासका खेलाडी कुम्भ देउवाले ‘म्यानअफ द म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । प्रतियोगिताअन्तर्गत मङ्गलबार झापा–११, झापा र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने अध्यक्ष प्रताप तामाङले जानकारी दिए । दश टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रत्येक खेलको ‘म्यानअफ द म्याच’लाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर तथा उत्कृष्ट प्रशिक्षकलाई जनही रु २५ हजार र सर्वाधिक गोलकर्तालाई रु ३५ हजार पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ८ : ५३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका