‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’ « Khabarhub

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति नसुतेर पनि काम गर्ने वाचा गरेका छन्।

उनले धनी देशहरूमा जस्तै राति पनि काम गरी विकास गर्न शर्माले ८–८ घण्टाको तीन सिफ्टमा विकास निर्माणका काम गर्ने योजना बताए। अस्पताल, बाटो र पुल निर्माणका कामहरू राति पनि गराएर ३ वर्ष लाग्ने काम एकै वर्षमा पूरा गर्ने उनले दावी गरेका छन्।

चितवनमा आयोजित एक कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बदलिएको काँग्रेसले गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्पका साथ अघि बढ्ने बताए। बूढीगण्डकी परियोजनाका लागि मुआब्जाको काम लगभग सकिएको तर निर्माणका लागि बजेट अभाव रहेको भन्दै शर्माले जीडीपीपी (गभर्मेन्ट, डायस्पोरा र प्राइभेट सेक्टर) मोडेल अघि सारे।

विदेशमा रहेका नेपालीले १ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म लगानी गर्नसक्ने र त्यसबाट १२०० मेगावाट बिजुलीका साथै पर्यटन र माछा उत्पादनको विशाल बाँध बन्ने उनको परिकल्पना छ।

उनले काँग्रेसको कुनैपनि तहको नेता वा कार्यकर्तामाथि भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता हुनासाथ तत्काल सदस्यता निलम्बन गरिने कडा नीति उनले घोषणा गरे। साथै अख्तियारमा ‘मेरो र तेरो मान्छे’ नभई विशेषज्ञता र पारदर्शिताको सूची बनाएर नियुक्ति गरिनुपर्नेमा उनले जोड दिए।

शर्माले नेतृत्व हस्तान्तरणका लागि नयाँ प्रस्ताव गरे। १ पटक राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने, ३ पटकभन्दा बढी मन्त्री हुन नपाउने र ४ पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्ने बताए। उनले आफैं पनि झापाबाट समानुपातिकमा नबसी अवसर हस्तान्तरण गरेको उनको कथन थियो।

चितवनका तीनवटै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरूलाई जिताउन अपिल गर्दै शर्माले जनताले दिने यो मतले गगन थापालाई देशको प्रधानमन्त्री बनाउन योगदान गर्ने बताए। उनले युवा र अनुभवको समिश्रणबाट काँग्रेसले देश बदल्ने दाबी गरे।

बारम्बार प्रधानमन्त्री भइरहने पुराना अनुहार र ५ वर्षका लागि मेयर छानिएका व्यक्तिहरू बीचमै पद छाडेर अर्को पदमा दौडिने प्रवृत्तिमाथि उनले नैतिक प्रश्न उठाए।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : ५६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन