सप्तरीका किसान चैते धान रोप्न व्यस्त (तस्बिरहरू) « Khabarhub

सप्तरीका किसान चैते धान रोप्न व्यस्त (तस्बिरहरू)


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सप्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएर चार क्षेत्रको अन्तिम परिणाम मात्र आउन बाँकी छ । जनताको मत जितेकाहरू संसद भवन पस्न लाग्दा मतदाता किसान पनि अबको सरकारले किसानको लागि समयमा मलखाद, सिँचाइ, विद्युत लगायत सामान्य मागको आश राख्दै चैते धान रोप्न खेततिर पसेका छन् ।

अहिले सप्तरीका किसान चैते धान  रोपाइँका लागि आफ्नो खेततिर लागिसकेका छन् । चैते धान फागुन महिनामा बिउ छर्ने, चैतको सुरूमा रोप्ने र जेठ १५ देखि भित्राउन सुरु गरिन्छ । ८० देखि ९० दिनको छोटो समयमा यो धान उत्पादन भएपनि मङ्सिरमा उत्पादन हुने धान भन्दा दोब्बर उत्पादन हुँदै आएको सप्तरीका किसानहरूको भनाइ छ ।

चैते धान छोटो समयमा दोब्बर उत्पादन भएपनि खर्चिलो भएको स्थानीय किसानले बताउने गरेका छन् । बिउ उखेल्नु, खेत जोत्नु, रोप्नु, घाँस उखेल्नुभन्दा महँगो सिँचाइमा लाग्ने गरेको उनीहरूले बताए । बिजुलीले बोरिङबाट सिँचाइ गर्यो भने कट्ठाको दुई सय र डिजल माध्यमले सिँचाइ गर्यो भने तीन सय लाग्ने उनीहरूले बताए ।

सुख्खा समय भएकोले ४ दिनको फरकमा सिँचाइ गर्नु पर्ने हुन्छ । जसको कारण पनि खर्च धेरै लाग्ने गरेको छ । किसानलाई सिँचाइको व्यवस्था राम्रो हुन पर्ने र निःशुल्क व्यवस्था मिलाउनु पर्ने उनीहरूको माग छ ।

सप्तरीको १८ वटा पालिकामध्ये विष्णुपुर गाउँपालिका छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपलिका तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रूपनी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिका सहितका स्थानमा यसपालि जिल्लामा २ हजार ५ सय हेक्टर जग्गामा चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।

कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा चैते धान उत्पादन क्षमता ‘असारे धान’ भन्दा धेरै हुने गरेको देखिन्छ । धान फोटोजेनिक बाली हो । घाम धेरै लाग्दा धान उत्पादन धेरै हुन्छ । वर्षामा भन्दा हिउँदमा चैते धान धेरै फल्नु मुख्य कारण पनि यही हो ।

नेपालमा चैते धान खेती विस्तार गर्न सके  धानको उत्पादन पनि बढ्ने देखिन्छ । तर धेरै चैते धान हुने स्थानमा सिँचाइको अभाव देखिन्छ । नेपालमा चैते धान १ लाख ८ हजार ६ सय ७ हेक्टरमा खेती हुँदा ५ लाख ४० हजार ३ सय ३१ टन उत्पादन भएको देखिन्छ । जुन ४.९८ टन प्रतिहेक्टर हुन्छ । तर, असारे धान १३ लाख ३९ हजार १ सय ८२ हेक्टरमा खेती हुँदा ४९ लाख ४६ हजार १ सय ४१ टन अर्थात् ३.७४ टन प्रतिहेक्टर मात्रै हुने देखिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ९ : ४७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक