दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ खण्ड अवरुद्ध « Khabarhub

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ खण्ड अवरुद्ध


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो ।

विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि आज बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । 

‘बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ’, उनले भने, ‘उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् ।’ 

अहिले पनि सिमसिम पानी परिरहेकाले तत्काल सडक सञ्चालनमा समस्या आउने जनाइएको छ । सुरक्षाकर्मी तथा सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेको प्रहरी उपरीक्षक खड्काले जनकारी दिए  ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ११ : ४४ बजे

बालेनलाई भावी प्रधानमन्त्री सम्बोधन गरेर राजेशको गीत उपहार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीका रुपमा अघि सारेका

इन्डोनेसियामा फोहोर डम्पिङ स्थलमा पहिरो, ४ जनाको मृत्यु

एजेन्सी– इन्डोनेसियाको राजधानी जकार्तानजिकै रहेको देशकै सबैभन्दा ठूलो फोहोर डम्पिङ

प्रतिनिधिसभा निर्वाचनमा घण्टीको आँधी, १० पूर्वस्वास्थ्यमन्त्री एकैपटक सोत्तर

प्रतिनिधिसभा निर्वाचनको नतिजाले स्वास्थ्य क्षेत्रको नेतृत्वसमेत सम्हालिसकेका प्रभावशाली नेताहरूलाई ठूलो

महोत्तरीमा २० हजार मत बदर

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना परिणामअनुसार प्रत्यक्षतर्फ महोत्तरीमा २०

चीनको हतियार निर्यातमा पाकिस्तान प्रमुख

नयाँदिल्ली– पछिल्ला वर्षहरूमा विश्वव्यापी हतियार कारोबारको ढाँचामा उल्लेखनीय परिवर्तन देखिँदै