जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए « Khabarhub

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

झापा- झापा क्षेत्र नम्बर ५ स्थित गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई उनकै घरमा कुटपिट गरिएको छ ।

सार्वजनिक भएको सीसीटीभी फुटेजअनुसार सुवेदीलाई उनको घरमै पुगेर कुटपिट गरिएको हो ।

मादक पदार्थले मातेका गौरादह नगरपालिका-५ राजपति चोक, चप्रामारी निवासी ३४ वर्षीय भीष्म सिटौलाले सुवेदीलाई उनकै घरमै गालीगलौजसहित कुटपिट गरेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ ।

मेयर सुवेदीलाई कुटपिटमा संलग्न भएका सिटौलालाई प्रहरी चौकी महारानीझोडाको टोलीले पक्राउ गरेर हिरासतमा लिएको छ। सिटौला जापानबाट निर्वाचनअघि घर फर्किएको खुलेको छ। उनलाई अहिले इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको छ।

सिटौला घरमै आएर विवाद गर्न थालेपछि हातपातमा उत्रिएको मेयर सुवेदीले सञ्चारकर्मीलाई बताएका छन् ।

आफूसँग राम्रोसँग चिनजान नै नभएका सिटौलाले आफूलाई कुटपिट गर्नुको कारण थाहा पाउन नसकेको सुवेदीले बताए । सुवेदी २०७९ सालमा एमालेबाट मेयरमा विजयी भएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : १६ बजे

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता

होटलमा युवती मृत फेला, सञ्चालक फरार

महेन्द्रनगर– धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको

किमाथांका अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

किमाथांका– किमाथांका अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई १८ करोड बढी मुआब्जा

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु