माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु « Khabarhub

माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गुल्मी– माछा मार्ने क्रममा गुल्मीको बडिगाड खोलामा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ अरेवा बस्ने २१ वर्षीय दीपजन दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान मुसिकोट नगरपािलका–१ स्थित उपल्लो राक्से क्षेत्रको बडिगाड खोलाको कोप्चेरा पानीमा डुबेको अवस्थामा दीपजनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दीपजन दर्लामी आफ्नै गाउँका छिमेकी ५६ वर्षीय डम्बर दर्लामीसँग माछा मार्नका लागि जाल बोकेर गएराति बडिगाड खोलातर्फ गएको र उनी घर फर्केपछि स्थानीयवासी र प्रहरीलाई जानकारी गराएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पौदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा तीन जनाको टोली घटनास्थलमा खटिएको थियो । घटनाबारेमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा पाँच जनाको प्राविधिक टोली घटनास्थलतर्फ खटिसकेको सूचना अधिकारी सारुले जानकारी दिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  २ : ५३ बजे

जर्मन औद्योगिक कमजोरीले मर्जमाथि दबाब बढायो

एजेन्सी– जनवरीमा जर्मन औद्योगिक उत्पादन र अर्डरहरू अपेक्षाभन्दा कमजोर आएको

६५५ मतमात्रै ल्याएर हारेका ऋषि धमलाले भने- आमजनता पार्टीसँग मेरो सम्बन्ध छैन

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट पराजित भएका ऋषि धमलाले आम

इलाम १ : कांग्रेसका ३५ वर्षीय निस्कल विजयी हुँदा श्रमसंस्कृतिका ३७ वर्षीय विनोद पराजित

इलाम- इलाम क्षेत्र नम्बर १ मा दुईजना युवा उम्मेदवारबीचको रोचक

साउदी अरबको अल–खर्जमा मिसाइल आक्रमण, भारतीय र बंगलादेशीको मृत्यु, अरू १२ जना घाइते

रियाध- साउदी अरेबियाको अल–खर्ज सहरस्थित एक आवासीय क्षेत्रमा मिसाइल खस्दा

एमालेमा नेतृत्व फेर्ने बहस सुरू, धुलो टक्टक्याएर कसरी उठ्लान् पुराना दल ?

काठमाडौं– फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना भनिएका ठूला