कमजोर अर्थतन्त्रको धरातलमा उभिएको सेयर बजार रास्वपाको आशामा जुरुक्क « Khabarhub

कमजोर अर्थतन्त्रको धरातलमा उभिएको सेयर बजार रास्वपाको आशामा जुरुक्क


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अघि बन्द भएको सेयर बजार सोमबार खुल्दा १६२.९३ अंकले बढ्यो । निर्वाचनपश्चात् राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुई तिहाइ बलको सरकार बन्ने निश्चित देखिएपछि सेयर बजारमा सकारात्मक प्रभाव पर्दा आज सेयर बजार ह्वात्तै बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएर कारोबार भएका मध्ये रिलाइन्स स्पिनिङ मिल्स बाहेक सबै कम्पनीको आज सेयर मूल्यवृद्धि भयो । सेयर बजारमा खरिदपक्षमा उत्साह पैदा हुँदा नेप्सेमा ३ पटकसम्म सकारात्मक सर्किट लागेर सोमबारको कारोबार बन्द भएको थियो ।

तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक तथा उत्पादन क्षेत्रको योगदान कम हुँदै गएको र सेवा क्षेत्र हाबी हुँदै गएको अवस्था छ । रेमिट्यान्सको आप्रवाह, वस्तुको आयात र उपभोगमा निर्भर रहेको अर्थतन्त्रलाई पछिल्लो समयमा विश्वमा विकसित घट्नाक्रमले थप दबाब पनि दिएको छ ।

नेप्सेमा सूचीकृत रहेका मध्ये अघिल्लो आर्थिक वर्षमा औसतमा घाटामा रहेको जलविद्युत् क्षेत्रका अधिकांश कम्पनी खुद नाफामा गएपनि एक तिहाइ कम्पनी निर्माण सम्पन्न नभएका र नोक्सानीमा नै छन् ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाको खुद ब्याज आम्दानी सन्तोषजनक देखिएपनि नाफामा भने ठूलो दबाब रहेको देखिन्छ । साथै, खराब कर्जामा भएको वृद्धिले पनि बैंकहरूको पुँजी व्यवस्थापनमा असर परेको छ ।

तर, अघिल्लो वर्ष औसत नोक्सानमा रहेका वित्त कम्पनीले पछिल्लो त्रैमास अवधिमा आफूलाई नाफामा उभ्याउन सफल भएका छन् भने उत्पादन, प्रशोधन र व्यापार क्षेत्रका केही ठूला कम्पनीले नाफाम बढाएपनि समग्र क्षेत्रको व्यापार पूर्ण रूपमा तंग्रिइनसकेको उनीहरूकै भनाइ छ ।

रास्वपाको स्थायी सरकार र बजारमा सकारात्मक प्रभाव

०५६ सालमा भएको संसदीय निर्वाचन पछि हालसम्म नेपालले कुनै पनि दलको एकल बहुमतको सरकार प्राप्त गर्न सकेको थिएन । सरकारको अस्थिरताको कारणले नै नीतिगत स्थिरता प्राप्त हुन नसकेको र आर्थिक विकासले अपेक्षित गति लिन नसकेको अर्थविद्हरूले विश्लेषण गर्दै आएका थिए ।

पछिल्लो निर्वाचनमा रास्वपाले प्राप्त गरेको अधिक मतका कारण अब स्थिर सरकार बन्ने र नीतिगत स्थिरता पैदा हुने अनुमान गर्दै निजी क्षेत्रले उत्साह व्यक्त गरेको छ । सोही कारणले नै आजको सेयर बजार प्रभावित भएको हो ।

सेयर बजारका जानकार रितुजंग जिसीले पनि सेयर बजारले लामो समयदेखि अभिभावक र विश्वास खोजिरहेको अवस्थामा रास्वापाले ल्याएको बहुमत र बालेन नेतृत्वमा सरकार बन्ने कुराले उत्साहित भएर स्वागत गरेको बताए ।

‘मूलतः सेयरबजारले विश्वास खोजिरहेको थियो, विगतमा सधैँ सरकारहरू अस्थिर हुँदा पनि नीतिगत स्थिरता हुन सकेको थिएन, हाम्रो लागि सरकार नै अभिभावक हो’, उनले भने, ‘अब रास्वपाको एकल सरकार बन्ने स्थिति बन्ने भएपछि, बालेन युग सुरु हुने भएपछि बजारले विश्वास प्राप्त गरेको हो ।’

जानकार जिसीले विगतमा सधैँ अन्यौलता रहेको र अब सकारात्मक ढंगले आशा गर्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ०२ बजे

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०

पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

काठमाडौँ– वरिष्ठ आख्यानकार तथा पत्रकार वसन्त पराजुलीद्वारा सिर्जित ऐतिहासिक उपन्यास

तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडक : १४ किलोमिटर कालोपत्र

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम