बैतडीका सात जना उम्मेदवारको जमानत जफत « Khabarhub

बैतडीका सात जना उम्मेदवारको जमानत जफत


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा सात जना उम्मेदवारको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका सात जना उम्मेदवारको जमानत जफत भएको हो । 

खसेको सदर मतको १० प्रतिशत कटाउन नसक्ने एक स्वतन्त्रसहित सात जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्दले दुई हजार ६८१, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुँवरले २९९, जनता समाजवादी पार्टी, नेपालका आनसिंह भण्डारी र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालले समान ९४-९४, आम जनता पार्टीका बिसनसिंह बोहराले ८२, श्रम संस्कृति पार्टीका गजेन्द्रराज पाण्डेयले ७८ र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका छन् । उनीहरूको सबैको जमानत जफत गरिएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ ।

आइतबार सम्पन्न भएको निर्वाचनमा यहाँ ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए । तीमध्ये ६७ हजार ७३० मत सदर खसेको सूचना अधिकारी दयालले बताए। खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्थाअनुसार उनीहरूको जमानत जफत गरिएको उनले जानकारी दिए । 

आइतबार सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारीले २२ हजार १३४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ र नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याएका थिए । 

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : १७ बजे

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२