सङ्खुवासभामा चार स्थानबाट मतगणना « Khabarhub

सङ्खुवासभामा चार स्थानबाट मतगणना


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथांका– सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना तेस्रो दिन जारी छ । आज अपराह्‍न ३ बजेसम्म ५० हजार ८२० मत गणना भएको  मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए । 

अन्तिम मत परिणाम छिटो सार्वजनिक गर्न अहिले चार ठाउँमा मतगणना भइरहेको छ । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६३ हजार ६३४ मत खसेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता छन् ।

मत गणनाका क्रममा नेकपा (एमाले)का उम्मेदवार अर्जुनकुमार कार्कीले १२ हजार ७६२ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले ११ हजार ४४४ मत प्राप्त गरेका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दीपनकुमार श्रेष्ठले १० हजार ४४६, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले आठ हजार ५५४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सरिता थापाले दुई हजार ५७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : २० बजे

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२