साउदी अरबको अल–खर्जमा मिसाइल आक्रमण, भारतीय र बंगलादेशीको मृत्यु, अरू १२ जना घाइते « Khabarhub

साउदी अरबको अल–खर्जमा मिसाइल आक्रमण, भारतीय र बंगलादेशीको मृत्यु, अरू १२ जना घाइते


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

रियाध- साउदी अरेबियाको अल–खर्ज सहरस्थित एक आवासीय क्षेत्रमा मिसाइल खस्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ।

खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य सम्पत्तिलाई लक्षित गर्दै इरानले गरिरहेको प्रत्याक्रमण दोस्रो सातामा प्रवेश गरेको बेला यो घटना भएको साउदी अधिकारीहरूले बताएका छन्।

साउदी नागरिक सुरक्षा निकायले आइतबार एक्समा पोस्ट गर्दै कुनै देशको नाम नलिई सैन्य प्रक्षेप्य अल–खर्जको एक आवासीय क्षेत्रमा खसेको जनाएको छ।

उक्त घटनामा दुई विदेशी नागरिक मारिएका छन् । यसरी मारिनेमा एकजना भारतीय र एकजना बंगलादेशी रहेका छन् । घटनामा १२ जना घाइते भएका छन्।

यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अल–खर्ज गभर्नरेटसहित विभिन्न स्थानका राडार प्रणालीलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको थियो।

अल–खर्ज क्षेत्रमा अमेरिकी सेनाले प्रयोग गर्ने प्रिन्स सुल्तान एयरबेस रहेको छ, जसलाई पछिल्लो एक सातादेखि अमेरिका र इजरायलले इरानविरुद्ध चलाएको युद्धको क्रममा पटक–पटक आक्रमणको लक्ष्य बनाइएको छ।

दोहाबाट रिपोर्ट गर्दै अल जजीराकी पत्रकार लाउरा खानले उक्त प्रक्षेप्य मर्मत तथा सरसफाइ सेवा दिने कम्पनीको आवासीय क्षेत्रमा खसेको बताइन्।

‘खाडी क्षेत्रभरका सर्वसाधारणका लागि अवस्था निकै अस्थिर र खतरनाक बन्दै गएको छ। यहाँ २०० भन्दा बढी देशका नागरिक काम र बसोबास गरिरहेका छन्, जसमा धेरै श्रमिक पनि छन्’, उनले भनिन् ।

आइतबार साउदी रक्षा मन्त्रालयले राजधानी रियादको कूटनीतिक क्षेत्रमा लक्षित आक्रमण प्रयाससहित १५ वटा ड्रोन खसालिएको जनाएको छ।

यसैबीच कुवेतले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलका इन्धन ट्यांकीमा आक्रमण भएको जनाएको छ । बहराइनले पानी शुद्धीकरण (डिसालिनेसन) प्लान्टमा क्षति पुगेको जानकारी दिएको छ।

आइतबारका यी आक्रमणहरू त्यसपछि भएका हुन्, जब इजरायली युद्ध विमानहरूले इरानको राजधानी वरपर रहेका पाँच प्रशोधन केन्द्रमा आक्रमण गरेका थिए।

एक सरकारी तेल अधिकारीका अनुसार उक्त आक्रमणमा केही मानिसको मृत्यु भएको छ र राजधानी क्षेत्रमा बाक्लो धुवाँ फैलिएको छ।

आईरजीसीका एक प्रवक्ताले इरानको ऊर्जा पूर्वाधारमा अमेरिका र इजरायलले आक्रमण जारी राखे प्रतिशोध लिने चेतावनी दिएका छन्।

उनले भने, ‘यदि तपाईं प्रतिब्यारेल २०० डलरभन्दा माथिको तेल मूल्य सहन सक्नुहुन्छ भने यो खेल जारी राख्नुहोस्।’

युद्ध नवौं दिनमा प्रवेश गर्दा आईआरजीसीले मध्यपूर्वभर ड्रोन र मिसाइल आक्रमण ६ महिनासम्म जारी राख्न पर्याप्त आपूर्ति रहेको दाबी गरेको छ।

उता अरब लिगका महासचिव अहमद अबुल घैतले सदस्य राष्ट्रहरूमाथि इरानले गरेको आक्रमणलाई लापरवाहीपूर्ण भन्दै तेहरानलाई उनले ठूलो रणनीतिक गल्ती सच्याउन आग्रह गरेका छन्।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले सुरु गरेको युद्धपछि हालसम्म कम्तीमा १,२०० सर्वसाधारणको मृत्यु भएको छ भने करिब १० हजार जना घाइते भएका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ४ : ३३ बजे

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं– काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु

जब राताम्य उम्मेदवारसँग पराजितले हार्दिकता साटे…..

नेपालको चुनावी राजनीति प्रायः आरोप–प्रत्यारोप, कटु टिप्पणी र दलगत टकराबले

गौरादहका नगरप्रमुखलाई दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

झापा– गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुर्व्यवहार गरेको

खेलाडीहरूको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीहरूले गरेको तालाबन्दीप्रति गम्भीर

इलामका दुवै क्षेत्रबाट आए ४० वर्षमुनिका ‘माननीय’

काठमाडौं- सूर्योदयको जिल्ला इलामका दुईवटै निर्वाचन क्षेत्रबाट युवा उम्मेदवारहरूले जित