खेलाडीहरूको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण « Khabarhub

खेलाडीहरूको तालाबन्दीमा एन्फाको ध्यानाकर्षण


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीहरूले गरेको तालाबन्दीप्रति गम्भीर  ध्यानाकर्षण भएको जनाएको छ । 

एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित  एन्फा केन्द्रीय कार्यालयमा भएको तालाबन्दीका कारण प्रशासनिक कामकाज प्रभावित भएको भन्दै तत्काल तालाबन्दी  खोल्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

नेपाल फुटबल खेलाडी सङ्घले विभिन्न माग राखी आइतबार तालाबन्दी गरेको थियो । सङ्घका अनुसार केही खेलाडीहरूले तलब, भत्ता, पुरस्कार रकम, प्रतियोगिता तथा खेलाडी कल्याण कोषसम्बन्धी माग राख्दै तालाबन्दी गरेका हुन् । 

एन्फाले भने खेलाडीहरूको माग सम्बन्धित नियम तथा प्रक्रियाअनुसार समाधान गर्ने प्रयास भइरहेको बताएको छ । विज्ञप्तिमा ए डिभिजन क्लबका खेलाडीहरू राष्ट्रिय टोलीमा सहभागी हुँदा पाउने भत्ता र सेवा–सुविधासम्बन्धी व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको जनाइएको छ । 

एन्फाले पुरस्कार रकम तथा अन्य भुक्तानी नियमअनुसार क्रमशः उपलब्ध गराइने बताउँदै तालाबन्दीका कारण फुटबल गतिविधिमा नकारात्मक प्रभाव पर्नसक्ने भएकाले सम्बन्धित पक्षलाई संवादमार्फत समस्या समाधान गर्न आग्रहसमेत गरेको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ४६ बजे

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।