बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु « Khabarhub

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको  उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर चालकको राष्ट्रिय ट्रमा सेन्टर र मोटरसाइकल चालकको शहीद मेमोरियल अस्पताल कलंकीमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ६ : १७ बजे

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ

संविधान संशोधन बहसपत्र कार्यदलको कार्याेजना बनाउने जम्मा सुवेदीलाई

काठमाडौँ– संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२