नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा « Khabarhub

नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका नेता विजय सुब्बाले आफ्नो पार्टीभित्र देखिएको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्। फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले पराजय भोगेपछि सुब्बाले नेतृत्वमाथि प्रश्न उठाएका हुन् ।

उनले पार्टीलाई दलाल, विचौलिया, चाकरीबाज, गुटबाज, अनैतिक र भ्रष्ट प्रवृत्तिबाट मुक्त बनाउन आफूले पटक–पटक आवाज उठाउँदै आएको बताएका छन् । विधान महाधिवेशनदेखि केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनसंगठनका राष्ट्रिय अधिवेशनसम्म पार्टीकै लाइनमा रहेर आफूले यी विषय उठाएको उनको भनाइ छ । तर यस्ता विषय उठाउँदा आफूलाई नै “पार्टी विरोधी भाषण गरेको” आरोप लगाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले पार्टीको गौरवपूर्ण इतिहास, संगठन, इमानदार नेता–कार्यकर्ता र लाखौँ समर्थक अझै पनि बलियो रूपमा रहेको उल्लेख गर्दै समस्या नेतृत्व तहको व्यवहार र निर्णय प्रक्रियामा रहेको बताएका छन् ।

सुब्बाले नेतृत्व तहको वर्तमान रवैया, नीति तथा पूर्वाग्रही व्यवहार नबदलिने हो भने पार्टी कमजोर हुने चेतावनी दिएका छन्। पार्टी विधान र नियमावली विपरीत भइरहेका काम रोक्न तथा कार्यकर्ताले नचाहेका व्यक्तिहरूलाई नेतृत्वमा राख्ने प्रवृत्ति अन्त्य गर्न उनले आग्रह गरेका छन् ।

“यस्तो अवस्था रोकिएन भने संसदीय क्षेत्र मात्र होइन, पार्टी नै तहसनहस हुने मोडमा पुग्न सक्छ,” उनले लेखेका छन्। साथै उनले देश र जनताको हितका लागि सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ८ : ५० बजे

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी घोषित, आयोगले दियो प्रमाणपत्र

काठमाडौं – आज सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि धनुषा–१ मा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल