शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की « Khabarhub

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज आयोजित कार्यक्रममा उनले प्रतिकूल परिस्थितिका बाबजुद प्राप्त जिम्मेवारीमा केन्द्रित रहेर निर्वाह गरेको व्यावसायिक भूमिकाप्रति आभार व्यक्त गरे ।

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी पेसा मात्र नभई सेवा भएको र यसका लागि सेवाभाव, इमान्दारिता, उच्च व्यावसायिकता, कर्तव्यपरायणता एवं दृढ अनुशासन आवश्यक रहेको बताए ।

यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पनि निर्वाचन सुरक्षा उत्कृष्ट ढङ्गले पूरा गरेकामा सशस्त्र प्रहरीका कर्मचारी तथा मातहत एकाइहरुलाई धन्यवाद दिएका छन् ।

सशस्त्र प्रहरी मुख्यालयमा आज आयोजित कार्यक्रममा उनले निर्वाचनलाई भयरहित वातावरणमा उत्कृष्ट ढङ्गले पूरा गर्न परिचालित सबै सशस्त्र प्रहरी कर्मचारीप्रति आभार प्रकट गरे ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १० : ०९ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री