इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा « Khabarhub

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र इरानबीच भएको भनिएको दुई हप्ते सर्तसहितको युद्धविराम संकटमा परेको छ । इजरायली आक्रमणमा परी लेबनानमा कम्तीमा १८२ जनाको मृत्यु भएको छ ।

यसको प्रतिक्रियास्वरूप लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायली भू-भागमा दर्जनौँ रकेट प्रहार गरेको दाबी गरेको छ । इरानको रिभोल्युसनरी गार्ड कोर्प्स (आईजीआरसी) ले इजरायलले आक्रमण नरोके उसलाई ‘पछुतो हुने गरी जवाफ’ दिने चेतावनी दिएको छ । यद्यपि, अमेरिका र इजरायलले भने हालैको युद्धविराम सम्झौतामा लेबनान समावेश नभएको दाबी गर्दै आएका छन् ।

लेबनानमा बढ्दो इजरायली आक्रमणले हालैको विस्तृत युद्धविराम कति समय टिक्ला भन्नेमा गम्भीर प्रश्न खडा गरेको छ । इरानी संसदका सभामुखले युद्धविरामका तीनवटा बुँदा यसअघि नै ‘खुला र स्पष्ट’ रूपमा उल्लंघन भइसकेको आरोप लगाएका छन् । वासिङ्टन र तेहरानबीच इरानले अघि सारेको १० बुँदे योजनाको अन्तरवस्तुमा समेत मतभेद देखिएको छ ।

तनावका बीच शान्ति वार्ताको प्रयास भने जारी छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शनिबार पाकिस्तानमा हुने शान्ति वार्तामा वार्ता टोलीको नेतृत्व गर्नेछन् । यद्यपि, इरानले थप कडा अडान लिँदै अनुमतिबिना हर्मोज जलसन्धि पार गर्ने जहाजलाई ‘निशाना बनाएर ध्वस्त पार्ने’ चेतावनी दिएको छ, जसले विश्वव्यापी तेल आपूर्तिमा जोखिम बढाएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र नेटोका महासचिव मार्क रुटबीचको वार्ता सकारात्मक हुन नसकेको संकेत मिलेको छ । महासचिव रुटले वार्ता ‘स्पष्ट’ भएको बताए पनि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा नेटोप्रति असन्तुष्टि पोखेका छन् । ट्रम्पले लेखेका छन्, “हामीलाई आवश्यकता परेको बेला सैन्य गठबन्धन (नेटो) साथमा थिएन ।”

क्षेत्रीय तनाव उत्कर्षमा पुगेका बेला शक्तिशाली मुलुकबीचको यो खिचातानीले मध्यपूर्वको संकट झन् लम्बिने देखिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ८ : ५४ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२