लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो « Khabarhub

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा एकै दिन २५४ जना लेबनानी नागरिकको मृत्यु भएको छ । इजरायलले मच्चाएको नरसंहारमा कम्तिमा १,१६५ भन्दा बढी घाइते भएका छन्।

यसपछि देशभर राष्ट्रिय शोक घोषणा गरिएको छ। लेबनानका प्रधानमन्त्री नवाफ सलामले देशका सबै राजनीतिक र कूटनीतिक स्रोत परिचालन गरेर इजरायली आक्रमण रोक्ने प्रयास भइरहेको बताएका छन्।

स्वास्थ्य मन्त्री रकान नासेरद्दीनले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्। ठूलो संख्यामा घाइतेको उपचार गर्नुपर्दा स्वास्थ्य प्रणालीमा गम्भीर दबाब परेको छ।

इजरायलले लेबनानमा मच्चाएको यस नरसंहारपछि इरान-अमेरिका युद्धविरामसम्बन्धी विवाद चर्किएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले लेबनान उक्त समझदारीमा समावेश नभएको बताएका छन्। जेडी भेन्सले भने, ‘हामीले यस्तो कुनै वाचा गरेका थिएनौं।’

यता इरानका विदेश मन्त्री अब्बास अराघचीले अमेरिकासमक्ष स्पष्ट छनोटको आवश्यकता रहेको बताएका छन्। उनले भनेका छन्, ‘अमेरिकाले या त युद्धविराम लागू गर्नुपर्छ वा इजरायलमार्फत युद्ध जारी राख्नुपर्छ, दुवै सँगसँगै सम्भव छैन।’

होर्मुजबाट कर असुल्ने इरानको योजना

इरानले होर्मुज जलडमरूमार्ग हुँदै जाने तेल ट्यांकरहरूबाट प्रति ब्यारेल १ डलर कर असुल्ने योजना बनाएको छ । उक्त भुक्तानी क्रिप्टोकरेन्सीमार्फत लिन चाहेको बताइएको छ। यो जानकारी ‘फाइनान्सियल टाइम्स’ले स्रोतको आधारमा सार्वजनिक गरेको हो।

इरानले उक्त मार्ग हुँदै जाने सबै जहाजहरूमा निगरानी राख्ने र नियन्त्रण गर्नेछ। जहाजहरूले अगाडि बढ्नुअघि आफ्नो कार्गो (ढुवानी सामग्री) सम्बन्धी विवरण उपलब्ध गराउनुपर्नेछ।

इरानी अधिकारी हमीद होसैनीका अनुसार यो व्यवस्था विशेषगरी हतियारको ओसारपसार रोक्नका लागि गरिएको हो। उनले जहाजहरूलाई जाने अनुमति दिइने तर प्रक्रिया समय लाग्ने बताएका छन्, किनकि इरान हतारमा नभएको उनले स्पष्ट पारे।

यो योजनाअनुसार जहाजहरूले इमेलमार्फत आफ्नो कार्गोको विवरण पठाउनुपर्नेछ। त्यसपछि इरानले प्रतिब्यारेल १ डलरका दरले कर निर्धारण गर्नेछ, जुन बिटक्वाइनजस्ता डिजिटल मुद्रामा तिर्नुपर्नेछ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ११ : २४ बजे

‘भेहिकल  फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु 

काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक

नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु

एजेन्सी– उत्तर पश्चिमी नाइजेरियामा भएको सशस्त्र आक्रमणमा कम्तिमा ६० जनाको

स्याउ र केरामा मापदण्डभन्दा बढी विषादी अवशेष, बालबालिका बढी प्रभावित

काठमाडौं– नेपालमा फलफूलमा प्रयोग हुने विषादीको अवस्था चिन्ताजनक देखिएको एक

हिन्द महासागर सम्मेलनको लागि परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल मरिसस जाँदै छन् । उनी भारतका

इरानले भन्यो : अमेरिकाले युद्धविरामका सर्त उल्लंघन गर्‍यो, अब वार्ताको अर्थ छैन

तेहरान- इरानले अमेरिकामाथि युद्धविरामसम्बन्धी तीनवटा महत्वपूर्ण सर्त उल्लंघन गरेको आरोप