पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन « Khabarhub

पाउ कुबार्सीलाई रातो कार्ड बार्सिलोनाका लागि दशा, च्याम्पियन्स लिग यात्रा कठिन


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाउ कुबार्सीले सुरूमै रातो कार्ड पाएपछि स्पेनिस क्लब बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा कठिन मोडमा पुगेको छ।

कुबार्सीलाई महँगो रातो कार्डपछि बार्सिलोनाले गयराति च्याम्पियन्स लिगको खेलमा देशकै प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग २-० ले नतिजा सुम्पियो ।

बुधबार क्वार्टरफाइनलको पहिलो लेगमा एट्लेटिको मड्रिडसँग २–० ले पराजित भएपछि बार्सिलोनाको च्याम्पियन्स लिग सेमिफाइनल यात्रा कठिन बनेको हो।
क्याटालोनियामा भएको खेलमा जुलियन अल्भारेज र एलेक्सान्डर सोर्लाठको गोलले पाहुना टोलीलाई जित दिलायो।

बार्सिलोनाले खेलमा राम्रो सुरुआत गरेको थियो। मार्कुस रासफोर्डले जुआन मुस्सोलाई तीन पटक बचाउ गर्न बाध्य पारे। उनले एक भली बाहिर प्रहार गरे भने लामिन यामाल अफसाइड परेपछि उनको एउटा गोल पनि रद्द भयो।

पहिलो हाफको अन्त्यतिर खेलको मोड बदलियो। पाऊ कुबार्सीले जियुलियानो सिमेवनेलाई पछाडिबाट फल गरेपछि रातो कार्ड पाए। त्यसपछि प्राप्त फ्रिकिकमा जुलिनय अल्भारेजले उत्कृष्ट गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए।

दोस्रो हाफमा हान्सी फ्लिकको टोलीले १० खेलाडीमै आक्रामक खेल जारी राख्यो। मार्कुस रासफोर्डले यामालको पासमा राम्रो अवसर सिर्जना गरे तर साइड नेटिङमा हाने । यसका साथै उनले २० यार्डबाट हानेको फ्रिकिक क्रसबारमा लाग्यो।

तर दोस्रो गोल भने डियगो सिमेवनेको टोलीले गर्‍यो। सब्स्टिच्युट एलेक्सेन्डर सोर्लथले माट्टेयो रुग्गेरीको क्रसमा गोल गर्दै अग्रता दोब्बर बनाए।

अन्त्यतिर बार्सिलोनाले खेलमा फर्किने प्रयास जारी राख्यो। जाओ कानेलोको प्रहार पोस्टमा लाग्यो भने लामिन यामालको प्रहार बचाइयो। तर बार्सिलोनाले सान्त्वना गोल गर्न सकेन । अब दोस्रो लेगमा उसले नतिजा आफ्नो पक्षमा पार्न कम्तीममा ३ गोल गर्नुपर्ने भएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १२ : ०६ बजे

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति