‘रङ नम्बर’ विवादले दाजुभाइकै हत्या, आपराधिक पृष्ठभूमिका थिए छुरा हान्ने सञ्जीव « Khabarhub

‘रङ नम्बर’ विवादले दाजुभाइकै हत्या, आपराधिक पृष्ठभूमिका थिए छुरा हान्ने सञ्जीव


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार गरेर दाजुभाइको ज्यान लिएको घटनाको अनुसन्धान अघि बढेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार ललितपुर महानगरपालिका-९ भूलढोकाका सञ्जीव नेपाली र नवलपरासी (गैँडाकोट) का गगन सुनारलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार ‘रङ नम्बर’मा डायल भएर सुरू भएको फोन संवादपछि विवाद चर्किएको थियो।

यो विवादमा नेपालीले झापाको कमल गाउँपालिका–६ घर भई ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्बाङ र २६ वर्षीय सिर्जन नेम्बाङको ज्यान लिएका छन् ।

दाजुभाइले डायल गरेको फोन गलत नम्बर परेर सञ्जीव नेपालीको मोबाइलमा पुगेपछि भनाभन सुरू भएको थियो । त्यहीकारण उनीहरूबीचको झगडा ज्यान लिने क्रुर घटनासम्म परिणत भएको खुलेको छ।

रङ नम्बरमा डायल भएपछि उठेको फोनमै चुनौती दिएपछि सञ्जीवले दाजुभाइलाई पाटन बोलाएको खुलेको छ।

उक्त तनावपूर्ण भेटका क्रममा विवाद चर्किँदा सञ्जीवले दाजुभाइमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते दुवैलाई उपचारका लागि ललितपुरस्थित बीएन्डबी अस्पताल लगिएको थियो । तर दुवैजनाको उपचारकै क्रममा ज्यान गएको हो ।

प्रहरीका अनुसार मुख्य अभियुक्त सञ्जीव नेपाली मासु पसलमा काम गर्ने व्यक्ति हुन् । यसअघि पनि उनी आपराधिक गतिविधिमा संलग्न रहेको देखिएको छ।

घटनास्थलको सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्दै अनुसन्धान जारी रहेको एसएसपी बोगटीले जानकारी दिएका छन्।

प्रहरीले सामान्य फोन विवादले ज्यानसम्म जाने अवस्था सिर्जना भएको भन्दै यस्ता घटनाबाट सचेत रहन आग्रह गरेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १२ : ४३ बजे

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय