सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ « Khabarhub

सडकमा इरानी राष्ट्रपति, भने- लेबनानमा आक्रमण नरोके युद्धविरामको अर्थ सकिन्छ


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानी राष्ट्रपति मसूद पेजेस्कियन युद्धविरामपछि पहिलो पटक सार्वजनिक रूपमा सडकमा देखिएका छन्। उनले सर्वसाधारणसँग भेटघाट गर्दै सेल्फी खिचाएका छन्।

राष्ट्रपति पेजेस्कियनले त्यसक्रमममा इरानले लेबनानलाई कहिल्यै एक्लै नछोड्ने बताएका छन्। उनले जारी इजरायली आक्रमणलाई युद्धविराम सम्झौताको स्पष्ट उल्लंघन भएको टिप्पणी गरेका छन्।

उनले चेतावनी दिँदै भने, ‘लेबनानमा आक्रमण जारी रहे कूटनीतिक वार्ताको कुनै अर्थ रहने छैन। तनाव कम गर्ने प्रयास भइरहे पनि अवस्था झन् चर्किन सक्छ।’

उनले तनाव बढ्ने संकेतसहित अमेरिकालाई चेतावनी दिएका छन् । ‘हाम्रो हात ट्रिगरमा नै रहनेछ, र इरानले लेबनानलाई एक्लै छोड्ने छैन,’ उनले भने।

राष्ट्रपति पेजेशकियनले अमेरिकासँग भएको युद्धविराम सम्झौता इजरायलका आक्रमणले उल्लंघन भएको बताएका छन्। उनका अनुसार यस्तो अवस्थामा वार्ताको प्रक्रिया अर्थहीन बन्छ।

उनको भनाइ पछिल्लो समय हेजबोल्लाहसँगको द्वन्द्व सुरु भएयता लेबनानमा भएका सबैभन्दा ठूलो इजरायली आक्रमणपछि आएको हो, जसमा बुधबार मात्रै कम्तीमा २५४ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ६ : २९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको