शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल « Khabarhub

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका तालहरु संरक्षण अभावमा पुरिन थालेका छन् ।

यहाँभित्र रानीताल, कालीकिच ताल र शिकारी ताल लामो समयदेखि जलकुम्भीले भरिँदा तालको अस्तित्व नै संकटमा परेको छ । निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले तालको संरक्षण र सम्वर्द्धन आवश्यक रहेको बताए। 

‘गर्मीयाममा वन्यजन्तुको प्यास मेटाउन निकुञ्जभित्र धेरै स्थानमा कृत्रिम तलाउ बनाएर सोलारबाट पानी भर्ने गरिएको छ’, उनले भने, ‘निकुञ्जभित्रका एक दर्जन बढी ताल पुरिँदै गए पनि बजेट अभावका कारण सरसफाइ गर्न सकिएको छैन ।’

उनले निकुञ्ज भित्र कृत्रिम र प्राकृतिक गरी १२० ताल तलैया रहेको जानकारी दिए । 

चालु आर्थिक वर्षमा निकुञ्जको पुँजीगत बजेट कम विनियोजन हुँदा व्यवस्थापनमा समस्या भएको छ । वन्यजन्तुका लागि हरेक वर्ष घाँसे मैदान व्यवस्थापन हुँदै आएको छ । यो वर्ष घाँसे मैदान व्यवस्थापनका लागि सात लाख रुपैयाँ मात्र विनियोजन भएको छ ।

निकुञ्जभित्र मुलुककै ठूलो ५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको घाँसे मैदान छ । गत वर्ष निकुञ्जको पुँजीगत बजेट दुई करोड रुपैयाँ रहेपनि चालु आवमा बजेट ३५ लाख रुपैयाँमा झरेको हो ।

‘हामीले पाँच हजार ४०० हेक्टर घाँसे मैदान व्यवस्थापन गर्नुपर्ने भए पनि बजेट अभावले ५० हेक्टरको मात्रै व्यवस्थापन गर्न सकियो’, सूचना अधिकारी वाग्लेले भने। 

विश्वमै दुर्लभ दुई हजार ४०० बढीको बाह्रसिङ्गाको झुण्ड र थोरै क्षेत्रफलमा ४३ वटा पाटे बाघ रहेको शुक्लाफाँटामा ४५० बढी प्रजातिका चराचुरुङ्गी छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ६ : ५३ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर