इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने « Khabarhub

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको भोलिपल्ट बिहीबार इरान समर्थित हेजबुल्लाहमाथि ‘आवश्यक पर्दा’ आक्रमण गरिरहने बताएका छन् ।

“हामी सटीकता, र दृढताका साथ हेजबुल्लाहमाथि सशक्त आक्रमण गर्न जारी राख्छौँ,“ प्रधानमन्त्री नेतान्याहूले सामाजिक सञ्जाल एक्समा आफ्नो व्यक्तिगत अकाउन्टमा जारी सन्देशमा भनिएको छ, “हाम्रो सन्देश स्पष्ट छ, जसले इजरायली नागरिकविरुद्ध कुनै गतिविधि गर्छ, हामी उनीहरूलाई आक्रमण गर्नेछौँ । हामी इजरायलको उत्तरी भागमा रहेका बासिन्दाहरूलाई पूर्ण रूपमा सुरक्षा बहाल गर्दैनौँ, तबसम्म हामी आवश्यक पर्ने ठाउँमा हिजबुल्लाहमाथि आक्रमण जारी राख्नेछौँ ।”

यसैबीच, इजरायली सेनाले सैनिकहरू मार्चको सुरुदेखि नै हेजबुल्लाहसँग लडिरहेका र उक्त क्षेत्रमा नियन्त्रण कायम गरिरहेको बताएको छ । सेनाले दक्षिणी लेबनानमा स्थलगत कारबाही जारी राखेको बताएको छ । एक छुट्टै विज्ञप्तिमा इजरायलले ‘हिजबुल्लाह समूहका आतङ्ककारी लडाकू र कमान्डरहरूले लेबनानको लितानी नदीको उत्तरबाट दक्षिणसम्म आवागमनका लागि प्रयोग गर्ने दुई प्रमुख सीमाहरूमा रातभर आक्रमण गरेको जनाएको छ ।

इजरायली सेनाले लेबनानी सशस्त्र समूहसँग सम्बन्धित करिब १० वटा हतियार भण्डारण सुविधा, लन्चर र कमान्ड सेन्टरमा आक्रमण गरेको जनाएको छ । लेबनानमा बुधबार इजरायली आक्रमणमा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै एक हजारभन्दा बढी घाइते भएका लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लेबनानका प्रधानमन्त्रीको कार्यालयले ‘सयौँ निर्दोष र निरीह नागरिकलाई लक्षित गरी इजरायली आक्रमणका सहिद र घाइतेहरूका लागि बिहीबार राष्ट्रिय शोकको दिन’ घोषणा गरेको छ। सरकारले सार्वजनिक प्रशासन बन्द गर्न र झण्डा आधा झुकाउन निर्देशन दिएको छ।

हिजबुल्लाहले बिहीबार नै अमेरिका–इरान युद्धविरामको उल्लङ्घन भन्दै इजरायलतर्फ रकेट प्रहार गरेको बताएको थियो । संयुक्त राज्य अमेरिका र इरानबीच दुई हप्ताका लागि युद्धविराम र वार्ताका लागि सहमति भएको, यस क्षेत्रमा हजारौँको ज्यान लिएको छ र विश्व अर्थतन्त्रलाई सङ्कटमा धकेलेको छ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ७ : १५ बजे

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण