जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री « Khabarhub

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल बिक्रीका लागि जिल्लाबाहिर पठाइएको छ । बाहिरिएको परिमाणलाई आधार मान्दा अनुमानित तीन करोड ५० लाख रुपैयाँ मूल्य बराबर बिक्री भएको जनाइएको छ ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुन्छ ।

गत कात्तिकदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणमा मार्सी धानको चामल बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो । जुम्ली मार्सी धान खेतीमा केही रोग कीराको प्रकोप बढेपछि कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरेको छ ।

मार्सीधान जेठ मसान्तसम्ममा रोपिन्छ । यो धान करिब १८० दिनभित्र पाक्ने गर्छ । यो चामल प्रतिकेजी २०० रुपैयाँमा बिक्री हुने गरेको सदरमुकाम खलङ्गाका व्यापारी बताउँछन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ७ : ३० बजे

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

तेहरान- स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल

पर्वहरूले राष्ट्रिय एकता बलियो बनाउनुपर्छ : रवि लामिछाने

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु

क्राको– पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै, १५ दिनमै भित्रिए ३५ हजार ८५८ जना

मुस्ताङ– तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा

प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले आज आइतबार