जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री « Khabarhub

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको चामल जिल्ला बाहिर बिक्रीका लागि पठाइएको छ । बाहिरिएको परिमाणलाई आधार मान्दा अनुमानित तीन करोड ५० लाख रुपैयाँ मूल्य बराबर बिक्री भएको जनाइएको छ ।

कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुन्छ । 

गत कात्तिकदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणमा मार्सी धानको चामल बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो । 

जुम्ली मार्सी धान खेतीमा केही रोग कीराको प्रकोप बढेपछि कृषि अनुसन्धान केन्द्रले चन्दननाथ १ र ३ जातको धान यहाँका विभिन्न क्षेत्रमा लगाउन सिफारिस गरेको छ । 

मार्सीधान जेठ मसान्तसम्ममा रोपिन्छ । यो धान करिब १८० दिनभित्र पाक्ने गर्छ । यो चामल प्रतिकेजी २०० रुपैयाँमा बिक्री हुने गरेको सदरमुकाम खलङ्गाका व्यापारी बताउँछन् । 

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ७ : ३८ बजे

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

कञ्चनपुर – कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक