शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक « Khabarhub

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक विद्यालयका शिक्षकहरु अभिभावकको घरदैलोमै पुग्न थालेका छन् ।

घरदैलोमै पुगेर उनीहरुले अभिभावकलाई विद्यालयको शैक्षिक सुधारबारे सुझाव सङ्कलन गर्न थालेका हुन् । शैक्षिक सत्र २०८३ को भर्ना अभियानअन्तर्गत चुरेखोल्सी टोलमा आयोजना गरेको घरदैलो तथा सर्वेक्षणका क्रममा अभिभावकहरूले पछिल्लो समय विद्यालयको सुधारप्रति खुसी व्यक्त गरेका छन् ।

स्थानीय अभिभावक तुलसीप्रसाद पौडेलले निजी विद्यालयलेझैँ सुविधा र शैक्षिक वातावरण सरकारी विद्यालयले दिन थालेपछि सन्तानलाई त्यहीँ भर्ना गर्ने मनस्थिति बनाएको बताए ।

“विद्यालय प्रशासन आफैँ घरमा आएर गुणस्तरीय शिक्षा र सेवाको ग्यारेन्टी लिने प्रतिबद्धताले अभिभावकहरूमा विश्वास बढेको छ”, उनले भने । सोही वडाकी वडा सदस्य गौकुमारी न्यौपानेले वडाको तर्फबाट यातायातको सुविधा उपलब्ध गराउन पहलकदमी थालिने बताइन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ७ : ४७ बजे

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

रसुवाबाट सुत्केरी र नवजात शिशुको हवाई उद्धार

काठमाडौं – रसुवाको आमाछोदिङमो गाउँपालिका-३, गत्लाङकी २९ वर्षीया फुर्पुयामो तामाङ

सामूहिक प्रयासबाट देश छिट्टै संकटबाट बाहिरिने छ : मन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकार, सरोकारवाला निकाय

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो