त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान « Khabarhub

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान गरेको छ ।

आपतकालिन् स्वास्थ्य सेवा सुदृढीकरणका लागि हाप्सा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा आज उक्त मेसिन जडान गरेको हो । मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा विद्युतीय झड्का दिएर उपचार गर्ने मेसिनलाई ‘एईडी’ मेसिन भनिन्छ ।

हाप्सा नेपालका संस्थापक डा रामु खरेलले मुटुको धड्कन अचानक बन्द हुने अवस्था विश्वभर प्रमुख कारण रहेको बताए । उनले मुटुको धड्कन अचानक बन्द हुने अवस्था आएमा एईडी मेसिनमार्फत प्राथमिक उपचार गर्न सकिने भएकाले विमानस्थलमा उक्त मेसिन जडान गरिएको बताए ।

उक्त मेसिन तालिम प्राप्त व्यक्तिले मात्र नभई साधारण नागरिकले समेत प्रयोग गर्न सक्ने हाप्सा नेपालले जनाएको छ । विमानस्थलमा जडान गरिएको एईडी मेसिनमा स्पष्ट निर्देशनहरु र ‘क्यूआर’ समावेश गरिएकाले आपतकालिन् अवस्थामा प्रयोग गर्ने तरिका भिडियोमार्फत तुरुन्त सिक्न सकिनेछ ।

हाप्सा नेपालले हालसम्म सशस्त्र प्रहरी बलका दुई हजारभन्दा बढी अधिकृत तथा जवानलाई आकस्मिक उपचार विधि (सिपिआर) तालिम, विद्यालयमा सिपिआर तालिम प्रदान गरिसकेको छ । यसैगरी, शिक्षा मन्त्रालयका पाठ्यक्रममा आकस्मिक उपचारसम्बन्धी कार्यक्रम समावेश गरिरहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ९ : ४१ बजे

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर