मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ « Khabarhub

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्रामथान–६ मा रहेको पब्लिक माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षामा नियम विपरीतका कार्यहरू गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका वडा नं. ७ बस्ने ४५ वर्षीय प्रेमलाल माझी रहेका छन्। बिहीबार बिहान इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

​शिक्षा ऐन २०२८ बमोजिम परीक्षा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १० : ०४ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा