मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ « Khabarhub

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्रामथान–६ मा रहेको पब्लिक माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षामा नियम विपरीतका कार्यहरू गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका वडा नं. ७ बस्ने ४५ वर्षीय प्रेमलाल माझी रहेका छन्। बिहीबार बिहान इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

​शिक्षा ऐन २०२८ बमोजिम परीक्षा सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  १० : ०४ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण