त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन « Khabarhub

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा मुटुको प्राथमिक उपचारका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अटोमेटेड एक्सटर्नल डफिब्रुलेटर’ मेसिन जडान गरेको छ ।

आपतकालीन् स्वास्थ्य सेवा सुदृढीकरणका लागि हाप्सा नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा आज उक्त मेसिन जडान गरेको हो ।

मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा विद्युतीय झड्का दिएर उपचार गर्ने मेसिनलाई ‘एईडी’ मेसिन भनिन्छ ।

हाप्सा नेपालका संस्थापक डा. रामु खरेलले मुटुको धड्कन अचानक बन्द हुने अवस्था आएमा एईडी मेसिनमार्फत प्राथमिक उपचार गर्न सकिने भएकाले विमानस्थलमा उक्त मेसिन जडान गरिएको बताए ।

उक्त मेसिन तालिम प्राप्त व्यक्तिले मात्र नभई साधारण नागरिकले समेत प्रयोग गर्न सक्ने हाप्सा नेपालले जनाएको छ । विमानस्थलमा जडान गरिएको एईडी मेसिनमा स्पष्ट निर्देशनहरु र ‘क्यूआर’ समावेश गरिएकाले आपतकालीन अवस्थामा प्रयोग गर्ने तरिका भिडियोमार्फत तुरुन्त सिक्न सकिनेछ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १० : १८ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा