बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने « Khabarhub

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

मकवानपुरको बागमती गाउँ पालिकाको शहीद स्मृति रंगशालामा दिउँसो ३ बजे हुने फाइनलमा चित्लाङ एफसी र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ।

चित्लाङ एफसीले पहिलो खेलमा एपीएफलाई, क्वाटरफाइनलमा मछिन्द्र एफसीलाई र सेमिफाइनलमा नवजनजागृति युवा क्लब सिमरालाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

यस्तै, बागमतीले भने पहिलो खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई, क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ७ : ५० बजे

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित

देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन

नवलपरासी– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्र हितका

सत्र लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

भद्रपुर– बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० जरिवाना

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार