बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने « Khabarhub

बागमती गोल्डकप : उपाधिका लागि चित्लाङ र बागमती युवा क्लब भिड्ने


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

मकवानपुरको बागमती गाउँ पालिकाको शहीद स्मृति रंगशालामा दिउँसो ३ बजे हुने फाइनलमा चित्लाङ एफसी र बागमती युवा क्लब सर्लाहीबीच प्रतिस्पर्धा हुनेछ।

चित्लाङ एफसीले पहिलो खेलमा एपीएफलाई, क्वाटरफाइनलमा मछिन्द्र एफसीलाई र सेमिफाइनलमा नवजनजागृति युवा क्लब सिमरालाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

यस्तै, बागमतीले भने पहिलो खेलमा आयोजक बागमती खेलकुद विकास समितिलाई, क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा फ्रेन्ड्स क्लबलाई ट्राइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र दोस्रो टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ७ : ५० बजे

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी