जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै  « Khabarhub

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक महोत्सव आयोजना गर्दैछ ।

न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अदालतको कार्यप्रगति, मुद्दा फर्स्योटका अवस्था तथा आगामी न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताए ।

मेलामा अदालतको समग्र कार्यसम्पादन, मुद्दा व्यवस्थापन प्रणाली, सेवा प्रवाह, पुराना मुद्दा फर्स्योटका अवस्था तथा नागरिकलाई न्यायिक प्रक्रियाबारे सहज जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको हो ।

कायममुकायम मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो, निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताए । उनका अनुसार अदालतले पुराना मुद्दा फर्स्योटलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ । न्यायमा नागरिकको पहुँच विस्तार गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने उनको विश्वास छ ।

कायममुकायम मुख्य न्यायाधीश कुँवरका अनुसार ‘न्यायिक मेला’लाई न्यायपालिका र नागरिकबीचको दूरी घटाउने माध्यमका रूपमा लिइएको छ ।

मेलामार्फत अदालतको सेवा, न्यायिक प्रक्रिया, वैकल्पिक विवाद समाधान, कानुनी सहायता तथा नागरिक अधिकारसम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याइने उनले जानकारी दिए ।

 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ८ : ४९ बजे

कानुन मन्त्रालयले माग्यो  विधेयकको मस्यौदामा सर्वसाधारणमा राय सुझाव

काठमाडौं–  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल कानुन आयोग ऐन,

मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा

यातायात कार्यालय विराटनगरद्वारा ४८ करोडभन्दा बढी राजस्व सङ्कलन

विराटनगर– यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुन : सक्रिय गरिने

काठमाडौं– स्वास्थ्यकर्मी माथि बढ्दै गएको आक्रमण र स्वास्थ्य संस्थामा हुने

सुर्खेतको हलकण्डरामा भएको जिप दुर्घटनामा १२ जना घाइते

कर्णाली– सुर्खेत लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा