म्याग्दीको मुदी गाउँमा धौलागिरि आरोहण दिवस मनाइँदै « Khabarhub

म्याग्दीको मुदी गाउँमा धौलागिरि आरोहण दिवस मनाइँदै


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको दिनका अवसरमा ‘धौलागिरि आरोहण दिवस’ मनाइँदैछ । यही वैशाख ३० गते बुधबार धौलागिरि हिमालमा पहिलोपटक मानव पाइला पुगेको ६६ वर्ष पूरा हुँदैछ ।

सन् १९६० मे १३ मा स्विस–अस्ट्रियन संयुक्त आरोहण दलका म्याक्स आइसेलिनको नेतृत्वमा गएका दुई नेपालीसहित सात जना आरोहीले धवलागिरि हिमालको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे १३ तारिखमा धौलागिरि आरोहण दिवस मनाउने गरिएको छ ।

यस वर्ष पनि विविध कार्यक्रमसहित उक्त दिवस मनाउने तयारी भइरहेको ट्रेकिङ ऐजिन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले जनाएको छ । गत वर्ष पोखरामा ‘धौलागिरि पदयात्रा, समस्या, चुनौती र समाधान’ विषयक अन्तरक्रियासहित सो दिवस मनाइएकोमा यसपटक धवलागिरि हिमालको काख म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदी गाउँमा यो दिवस मनाइने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

टान गण्डकीको आयोजना, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डको प्रवर्द्धन र धौलागिरि गाउँपालिकाको समन्वयमा उक्त दिवस मनाउन लागिएको आचार्यले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री यशोधा रिमालको प्रमुख आतिथ्यता रहने जनाइएको छ ।

आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहण गर्ने पहिलो आरोहण दलमा नेपालबाट निमा दोर्जी शेर्पा र ङवाङ्ग दोर्जी शेर्पा सम्मिलित थिए ।

धौलागिरि हिमालमा पहिलोपटक गरिएको आरोहणलाई नेपालको पर्वतारोणको इतिहासमा महत्त्वपूर्ण दिनका रूपमा स्मरण गर्ने गरिएको टान गण्डकीका अध्यक्ष आचार्यले बताए । हिमाल आरोहणसँगै पदयात्रा पर्यटनका लागि धौलागिरि क्षेत्रलाई विश्वकै आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने उनको भनाइ छ ।

पर्यटनका लागि प्रशस्त सम्भावना भएर पनि धौलागिरि क्षेत्र पर्यटन पूर्वाधार र प्रचारप्रसार अभावमा पछाडि परेको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग नासिँदै र छोटिँदै गएका बेला धौलागिरि चक्रीय पदमार्ग त्यसको विकल्प बन्न सक्ने पर्यटन क्षेत्रका अगुवा बताउँछन् । धौलागिरि हिमाल साहसिक पर्वतारोहीको आकर्षणमा पर्ने गरेको छ ।

नेपालका अन्य हिमालको भन्दा फरक आरोहण अनुभव हुने आरोहीहरूको भनाइ छ । यहाँको भू बनोट र हावापानीका कारण धौलागिरि हिमाल आरोहणलाई जोखिमयुक्त मानिन्छ । टान गण्डकीका अध्यक्ष आचार्यले गण्डकी प्रदेशमा पर्ने आठ हजार मिटरमाथिका धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल आरोहण दिवसमा पर्यटन प्रवर्द्धनका लागि विविध कार्यक्रम गर्दै आइएको बताए ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १२ : ३३ बजे

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप