जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन « Khabarhub

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा हेल्थ असिस्टेन्ट (एचए), सीएमए र ल्याब टेक्निसियन समूहलाई पूर्णतः उपेक्षा गरिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

सरकारले ३५ वर्षपछि स्वास्थ्य सेवामा स्थायी दरबन्दी थप गरे पनि आफूहरूलाई सहभागी नगराइएको भन्दै आक्रोशित स्वास्थ्यकर्मीले शनिबार (वैशाख २६) जनकपुरधामको जनकचोकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको पुतला दहन गरी विरोध प्रदर्शन गरेका हुन् ।

विरोध कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मी नवेश अधिकारीले साढे तीन दशकपछि दरबन्दी थप हुनु खुसीको विषय भए पनि एचए, सीएमए र ल्याब समूहको दरबन्दी शून्य राखिनु न्यायोचित नभएको बताए । वर्तमान सरकारले मेडिकल माफियाको प्रभावमा परेर यस्तो विभेदकारी निर्णय गरेको उनले आरोप लगाए ।

अधिकारीले सरकारले तत्काल यो निर्णय नसच्याए र आफ्ना माग सम्बोधन नगरे यही वैशाख २८ गतेदेखि काठमाडौंमा सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए ।

सरकारले दुई दिनअघि मात्र स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरिसकेको छ ।

तर, उक्त दरबन्दीमा केही निश्चित समूहलाई मात्र समेटिएपछि आधारभूत तहका स्वास्थ्यकर्मी आफूहरूमाथि अन्याय भएको भन्दै सडकमा उत्रिएका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ८ : ३२ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न