अमेरिकी यात्रा नीतिको असर : विश्वकप खेलाउन अमेरिका पुगेका रेफ्रीलाई विमानस्थलबाट फर्काइयो « Khabarhub

अमेरिकी यात्रा नीतिको असर : विश्वकप खेलाउन अमेरिका पुगेका रेफ्रीलाई विमानस्थलबाट फर्काइयो


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ मा खेल सञ्चालन गर्न अमेरिका पुगेका सोमालियाका शीर्ष रेफ्री ओमार अर्टानलाई त्यहाँको सरकारले प्रवेश अनुमति दिन अस्वीकार गरेको छ । यस घटनाले अमेरिकी यात्रा प्रतिबन्ध र त्यसको विश्वकपमा पर्ने असरबारे चासो र चिन्ता बढाएको छ ।

अमेरिकी गृह सुरक्षा मन्त्रालयले रेफ्री अर्टानलाई देशमा प्रवेश नदिइएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै अल जजिराले लेखेको समाचार अनुसार शनिबार दक्षिण फ्लोरिडा आइपुगेका अर्टानको ‘भेटिङ’ (सुरक्षा जाँच) का क्रममा कैफियत देखिएपछि उनलाई अयोग्य ठहर गर्दै प्रवेश निषेध गरिएको हो । यद्यपि, उनीसँग अमेरिका आउनुअघि वैध भिसा रहेको बताइएको छ ।

अर्टान फिफाले विश्वकपका लागि छनोट गरेका ५२ मुख्य रेफ्रीहरूको सूचीमा छन् । उनी विश्वकपमा खेल खेलाउने पहिलो सोमाली रेफ्री बन्ने तयारीमा थिए । सोमालिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्ध लगाइएका देशको सूचीमा छ ।

क्यानडा र मेक्सिकोसँगको संयुक्त आयोजनामा भइरहेको विश्वकप र अमेरिकी यात्रा नीतिका कारण उब्जिएको यो पछिल्लो विवाद हो । यसअघि इरानको राष्ट्रिय टोलीले पनि भिसा समस्याका कारण मेक्सिकोमै बस्नुपरेको थियो । इरानी खेलाडीहरूलाई खेल खेल्नका लागि मात्र अमेरिका प्रवेशको अनुमति दिइएको छ भने खेल सकिएलगत्तै उनीहरू मेक्सिको फर्कनुपर्नेछ । इरानका केही प्राविधिक टोलीलाई भने अमेरिकाले भिसा नै दिएको छैन ।

विश्वकपका खेलहरू भइरहेका रंगशाला आसपासमा अमेरिकी सङ्घीय एजेन्टहरूले विदेशी नागरिक र कागजपत्र नभएका आप्रवासीहरूलाई दुःख दिन सक्ने भन्दै सुरक्षा चासो समेत बढ्न थालेको छ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ७ : ०२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका