११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय « Khabarhub

११ स्वास्थ्य संस्थाबाट पौने २ करोड बक्यौता असुल गर्ने मन्त्रालयको निर्णय


२६ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने नियमति शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशन र मन्त्रालयको सक्रियतामा उक्त बक्यौता रकम असुल गर्ने निर्णय भएको हो ।

मन्त्रालयका अनुसार स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ यो निर्णयलाई कार्यान्वयन प्रक्रियामा लगिएको हो । महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका कैफियतहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुलीको प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र नियमसम्मत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन् । उनले कानुन र मापदण्डविपरीत हुने गतिविधिप्रति मन्त्रालयले शून्य सहनशीलता (जिरो टोलरेन्स) को नीति अवलम्बन गर्ने स्पष्ट पारेकी छन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ८ : १८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का