अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी « Khabarhub

अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- संयुक्त राज्य अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनियाँ सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तिनलाई समेटिएको अद्यावधिक सूची सार्वजनिक गरेको छ । यस कदमले हालै सुधारको सङ्केत देखिएको अमेरिका–चीन सम्बन्धमा पुनः तनाव बढ्न सक्ने अनुमान गरिएको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले सोमबार सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडू, टेनसेन्ट, विद्युतीय सवारी निर्माता बीवाइडी तथा अन्य कम्पनीहरूलाई समावेश गरेको छ ।

पेन्टागनका अनुसार यी कम्पनीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिनियाँ सैन्य क्षमतासँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आशङ्का गरिएको छ । यो सूची अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही साताअघि बेइजिङ भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेपछि सार्वजनिक गरिएको हो । उक्त भेटमा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई स्थिर बनाउने प्रयास गरेका थिए । त्यसपछि ट्रम्पले सीलाई आगामी सेप्टेम्बरमा वासिङ्टन भ्रमणको निमन्त्रणा पनि दिएका थिए ।

यद्यपि पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्रबीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको छ । रक्षा मन्त्रालयले यसअघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो । सोमबार सार्वजनिक गरिएको नयाँ सूची अधिकांश रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ । तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनीलाई पुनः समावेश गरिएको छ । ती कम्पनीहरू चाङ्सिन मेमोरी टेक्नोलोजी र याङ्जे मेमोरी टेक्नोलोजी हुन् ।

अमेरिकी संसद्को चीनसम्बन्धी विशेष समितिका रिपब्लिकन अध्यक्ष प्रतिनिधि जोन मुलेनारले यो सूचीलाई अमेरिकी व्यवसाय, सरकारी निकाय र सर्वसाधारणका लागि चेतावनीका रूपमा व्याख्या गरे । उनले अमेरिकी कम्पनीहरूलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिम भएका यस्ता संस्थासँगको व्यापारिक सम्बन्ध पुनर्विचार गर्न आग्रह गरे । सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडू र टेनसेन्ट चीनका कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा अग्रणी मानिन्छन् ।

टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो । यद्यपि यी कम्पनीहरूलाई सूचीमा राखिए पनि तत्काल कडा कानूनी प्रतिबन्ध भने लाग्ने छैन । तर विश्लेषकहरूका अनुसार यस्तो सूचीलाई भविष्यमा थप कडा प्रतिबन्ध, लगानी नियन्त्रण वा अन्य दण्डात्मक उपायहरूको पूर्वसङ्केतका रूपमा हेरिन्छ ।

नयाँ सूचीमा औषधि अनुसन्धान कम्पनी वुक्सी एपटेक तथा मानव आकारका रोबोट विकास गर्ने स्टार्टअप कम्पनी युनिट्रीलाई पनि समावेश गरिएको छ । अमेरिकाले चीनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिकता र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशङ्का बढ्दै गएको सन्दर्भमा यस्तो कदम चालेको जनाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ४ : ५८ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई