सामाजिक सञ्जालमार्फत होटलमा यौन धन्दा, १२ युवतीसहित १६ जना पक्राउ « Khabarhub

सामाजिक सञ्जालमार्फत होटलमा यौन धन्दा, १२ युवतीसहित १६ जना पक्राउ


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाइ गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्‍याई यौनजन्य गतिविधि गराउने कार्यमा उनीहरू संलग्न रहेको अनुसन्धानमा खुलेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका २ घर भई काठमाडौँ बस्ने ३३ वर्षीय होटल सञ्चालक विकास भुलन, सर्लाही लालबन्दी नगरपालिका १४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुर बकैया गाउँपालिका ८ का २८ वर्षीय बिबेक स्याङ्तान तथा जिल्ला काठमाण्डौ, काठमाडौं महानगरपालिका ९ शम्भुमार्ग बस्ने राजकुमार गौतम रहेका छन्।

यस्तै १२ जना युवतीलाई पनि पक्राउ गरिएको छ। थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ८ : ५५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले