लमजुङ कारागार बजेट अभावमा रोकियो « Khabarhub

लमजुङ कारागार बजेट अभावमा रोकियो


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भई १०९ कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । 
 
भवन विकास तथा निर्माण कार्यालय, कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुनः निर्माणका लागि १७ करोड ७४ लाख लागत अनुमान तयार भए सम्बन्धित निकायमा पेस भएको लमजुङ कारागारका निमित्त जेलर पृसा गौतमले जानकारी दिइन्  । कारागार विसं २०२८ मा निर्माण भएको थियो । 

हाल कारागारमा कैदीबन्दी छैनन् । लेखा अधिकृतको पद रिक्त छ । कारागारमा छ जना कर्मचारी कार्यरत छन् ।  

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले कारागार भवन जीर्ण भएकाले सामान्य मर्मतबाट सञ्चालन गर्न नसकिने जानकारी दिए । 

कैदीबन्दी जिल्ला बाहिर रहँदा अदालतमा उपस्थित गराउन, आफन्तसँग भेटघाट गराउन तथा अन्य प्रशासनिक काम सम्पन्न गर्न अतिरिक्त समय, जनशक्ति र खर्च लाग्दै आएको छ । 

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  १२ : २९ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु