लमजुङ कारागार बजेट अभावमा रोकियो « Khabarhub

लमजुङ कारागार बजेट अभावमा रोकियो


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ– बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन नसकेपछि बन्द भई १०९ कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको छ । 
 
भवन विकास तथा निर्माण कार्यालय, कास्कीले तयार पारेको प्रतिवेदन अनुसार पुनः निर्माणका लागि १७ करोड ७४ लाख लागत अनुमान तयार भए सम्बन्धित निकायमा पेस भएको लमजुङ कारागारका निमित्त जेलर पृसा गौतमले जानकारी दिइन्  । कारागार विसं २०२८ मा निर्माण भएको थियो । 

हाल कारागारमा कैदीबन्दी छैनन् । लेखा अधिकृतको पद रिक्त छ । कारागारमा छ जना कर्मचारी कार्यरत छन् ।  

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले कारागार भवन जीर्ण भएकाले सामान्य मर्मतबाट सञ्चालन गर्न नसकिने जानकारी दिए । 

कैदीबन्दी जिल्ला बाहिर रहँदा अदालतमा उपस्थित गराउन, आफन्तसँग भेटघाट गराउन तथा अन्य प्रशासनिक काम सम्पन्न गर्न अतिरिक्त समय, जनशक्ति र खर्च लाग्दै आएको छ । 

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १२ : २९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय